Prakash Adhikari November 21, 2018

 

काबुल(अफगानिस्तान), ४ मंसिर(बीबीसी) । अफगानिस्तानको राजधानी काबुलस्थित एउटा हलमा विस्फोट हुँदा कम्तीमा ४० जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले बताएको छ। अन्य ६० जना घाइते भएका छन्।

पीडी फिफ्टिन ड्रिस्ट्रिकस्थित युरेनस हलमा पैगम्बर मोहम्मदको जन्मोत्सव मनाउन मुसलमान धर्मगुरूहरू भेला बेला सो विस्फोट भएको हो।

प्रारम्भिक विवरणहरूका अनुसार एकजना आत्मघाती हमलाकारीले सो विस्फोट गराएकोतर्फ संकेत गरेको एकजना सरकारी प्रवक्ताले बताए।

हमला

विस्फोट भएका बेला उक्त हलमा कम्तीमा एक हजार मानिसहरू भएको प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै तोलो समाचार संस्थाले बताएको छ।

अहिलेसम्म कुनै समूहले हमलाको जिम्मा लिएका छैनन्।

अफगानिस्तानमा तालेबान तथा इस्लामिक स्टेट लडाकु समूहले नियमितजसो बम हमलाहरू गर्दै आएका छन्।

Share Now

Leave a comment.