Prakash Adhikari December 15, 2017

काठमाडौं, २८ मंसिर ।एभरेष्ट इन्स्योरेन्स कम्पनी(इआइसी) लिमिटेडले आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनश शेयर दिने भएको छ ।

कम्पनीको मङ्सिर २८ मा बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ६ लाख ३९ हजार ४७४ रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको जनाइएको छ।

उक्त प्रस्ताव नियमन निकाय बिमा समिति र इन्स्योरेन्सको आगामी बार्षिक साधारणसभाले पारित गरे पश्चात शेयरधनीहरुलाई लाभांश बितरण हुनेछ।

१० प्रतिशत बोनस शेयर वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पुंजी १३ करोड ३६ लाख ५० हजार पुग्नेछ।

इन्स्योरेन्सले ६०० प्रतिशतका दरले हकप्रद बिक्रि गर्न धितोपत्र बोर्डमा आबेदन दिएको छ।

इन्स्योरेन्सले २०७५ असार मसान्तसम्म चुक्ता पुंजी १ अर्ब पुर्याउनु पर्नेछ। इन्स्योरेन्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४४ लाख ८५ हजार खुद मुनाफा आर्जन गरेको छ।

Share Now

Leave a comment.