काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौेडेलद्धारा लिखित ‘नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद पुनर्निर्माणको मार्गचित्र’ नामक पुस्तकको बिहिबार लोकार्पण हुँदैछ ।
भोलिदेखि राजधानीमा सुरु हुने महासमितिको बैठकलाई लक्षित गरि पौडेलले नयाँ पुस्तक प्रकाशन गर्नुभएका हो ।
पौडैलद्धारा लिखित पुस्तकको लोकार्पण नेपालका प्रथम राष्ट््रपति डा. रामबरण यादवद्धारा बिहान ८ः३० मा अनुपम ब्यांक्वेट बत्तिसपुतलीमा हुने भएको छ ।
नवीन्द्रले ल्याए प्रभावशाली कांग्रेसको खाका
महासमितिको अवसर पारेर नेपाली कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीले पनि समुन्नत राष्ट् र सम्पन्न नागरिकका लागि प्रभावशाली नेपाली कांग्रेस नामक सो पुस्तिकामा नेपाली कांग्रेसको नेपाली कांग्रेसको महाधिवेशनले लिनु पर्ने संकल्प र कार्यदिशा,कांग्रेसलाई प्रभावशाली पार्ने उपाय,कम्युनिष्टहरुको असली स्वरुप, लोकतान्त्रिक समाजवादको परिभाषा र समाजवादी कार्यक्रमको तर्जुमा तथा कार्यान्वयन, समाजवादबाट समुन्नत नेपाल र सम्पन्न नागरिक बनाउने उपाय, कांग्रेस र कम्युनिष्टको समाजवादमा फरक र अब कांग्रेसले अपनाउनु पर्ने क्षेत्रगत नीति तथा कार्यक्रम जस्ता विषयहरु समेटिएका छन् ।
आफ्नो विचार समेटिएको पुस्तिका वुधबार राजधानीमा सार्वजनिक गर्दै युवा नेता जोशीले देशको विकास गर्दै समुन्नतिमा लगेर देश र जनताको भविष्य उज्ज्वल बनाउन नेपाली कांग्रेसले मात्र सक्ने दावी गर्नुभयो । उहाँले आदर्श ,सिद्धान्त र विचारमा उत्कृष्ट रहेर पनि नेताहरुको आपसी बेमेल र संगठनप्रतिको उपेक्षाले गर्दा गत बर्ष सम्पन्न तीनै तहको निर्वाचनमा नेपाली कांग्रेसले पराजित बन्नुपरेको उल्लेख गर्दै भन्नुभयो, अन्यथा दुईबर्ष पहिले संविधानसभाबाट जनपेक्षा अनुरुपको संविधान निर्माणको सफल नेतृत्व गर्ने पार्टी संविधानलाई कार्यान्वयन गर्ने चुनावमा पराजित हुन नपर्ने !


















