ढाका(बंंगलादेश), २८ पुस । नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आज बंगलादेश प्रिमियर लिग ( बीपीएल) अन्तर्गत तेस्रो खेलमा खेल्दैछन् ।
नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आबद्ध सिल्हेट सिक्सर्सले शनिवार आफ्नो तेश्रो खेल ढाका डाइनामाईट्सविरुद्ध खेल्नेछ ।
शेरे बंगला नेशनल स्टेडियम मिरपुर ढाकामा स्थानीय समय ६ः१५ मा खेल आरम्भ हुने जनाइएको छ ।
प्रतियोगिताको हालसम्मको नतिजामा ढाका डाइनामाईट्स ३ वटै खेलमा जित निकाल्दै शीर्षमा रहेको छ । सिक्सर्सले भने एकमा जीत र एकमा हार व्यहोरेको छ । आजको खेलमा जीत निकालेमा सिक्सर्स ४ अंकसहित तेस्रोस्थानमा पुग्नेछ । हालसम्म रंगपुर राईडर्स ४ खेलमा २ जीत सहित दोस्रो र क्यामिल्ला भिक्टोरियन्स ३ खेलमा २ जीत सहित तेस्रो स्थानमा रहेका छन् ।
Bangladesh Premier League
| TEAM | M | W | L | PT | NRR |
|---|---|---|---|---|---|
| DD | 3 | 3 | 0 | 6 | 3.167 |
| RR | 4 | 2 | 2 | 4 | 0.736 |
| CV | 3 | 2 | 1 | 4 | -0.594 |
| CHV | 2 | 1 | 1 | 2 | 0.09 |
| SS | 2 | 1 | 1 | 2 | 0.019 |
| RK | 3 | 1 | 2 | 2 | -1.517 |
| KT | 3 | 0 | 3 | 0 | -2.058 |
आफ्नो पहिलो खेलमा सिक्सर्सले कोमिल्ला भिक्टोरियन्स बिरुद्ध ४ विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा भने चिट्टागाव भाइकिंग्सलाई ५ रनले पराजित गरेको थियो।

सिलहेट सिक्सर्सको नेतृत्व चर्चित अष्टेलियन खेलाडी डभिड वार्नरले गरेका छन भने ढाका डाइनामाईट्सको नेतृत्व अलराउण्डर शाकिव अल हसनले गरेका छन् । ढाका डाइनामाईट्सको टोलीलाई प्रतियोगिताको उपाधी दाबेदारका रुपमा लिने गरिन्छ। टोलीमा हसनसंगै सुनिल नारायण, कायरन पोल्लार्ड, रोभ्मन पावेल, इयन बेल जस्ता स्टार खेलाडी रहेका छन्।
बंगलादेश प्रिमियर लिगमा नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले पहिला दुवै खेलमा अवसर पनि पाए र शानदार प्रदर्शन पनि गरे । प्रतियोगिताको आफ्नो पहिलो दुई खेलमा कुल २ विकेट लिएका सन्दीपले दोस्रो खेलमा विकेट लिने मौका त पाएनन तर फिल्डिड.बाटै एक खेलाडीलार्ई रन आउट गराउने सफलता पाए ।
बंगलादेश प्रिमियर लिग अन्तर्गत पहिलो खेलमा सन्दिप लामिछानेले ४ ओभर बलिङ्गमा मात्र १६ रन खर्चिए २ विकेट लिए । उनले चर्चित पाकिस्तानी ब्याट्सम्यान शोयब मलिक र बंगलादेशी रास्ट्रिय क्रिकेटर अनामुल हकलाई सन्दिपले पेभेलियनको बाटो फर्काएका थिए।
दोस्रो खेलमा ४ ओभरमा सन्दिपले २१ रन दिए । पहिलो खेलमा १ पनि चौका नदिएका सन्दिपले दोश्रो खेलमा १ मात्र चौका बनाउने अवसर दिएका थिए।
टीम सिलहेट सिक्सर्स : नासिर होसेन, सब्बिर रहमान, लिटन दास, अफिफ होसेन, तस्किन एहमद, अल अमिन होसेन, तोहिड रिदोय, नबिल समद, इबादत होसेन, आलोक कपाली, जाकिर अलि अनिक, मेहदी हसन। बिदेशी खेलाडीहरु (डेभिड वार्नर कप्तान) ,सन्दीप लामिछाने, सोहेल तन्बिर, मोहम्मद इरफान, गुल्बदीन नैब, आन्द्रे फ्लेचर, निकोलस पुरन, इमरान ताहिर र मोहम्मद नवाज
फेब्रुअरी ८ तारिकसम्म चल्ने लिगमा खुल्ना टाईटन्स, रंगपुर राईडर्स, राजशाही किंग्स, ढाका डाईनामाइट्स, सिलहेट सिक्सर्स, कोमिल्ला भिक्टोरियन्स र चिट्टागाव भाइकिंग्स गरी ७ वटा टिम सहभागी छन्।



















