ढाका(बंगलादेश),२८ पुस । बंगलादेशको चर्चित घरेलु लिग बंगलादेश प्रिमियर लिगमा नेपाली खेलाडी सन्दीप लामिछाने आफू आबद्ध सिलहेट सिक्सर्सको तेस्रो खेलमा पनि प्लेइड. ११ मा पर्न सफल भए तर चार ओभर खेल्ने मौका पाएका उनलाई विकट झार्न भने सकस भयो । बीपीएलमा सन्दीप दोस्रो पटक विकेट विहिन बने ।
शेरे बंगला स्टेडियममा मिरपुर ढाकामा भैरहेको खेलमा सन्दीप आबद्ध सिलहेट सिक्सर्सले टस हारेर बलिड.को निम्तो पाएको थियो ।

टस जितेर ब्याटिड. रोजेको ढाका डाइनामाइटले निर्धारित २० ओभरको खेलमा ७ विकट गुमाउदै १७३ रनको योगफल तयार पार्यो ।
ढाका डाइनामाइटका लागि रोनी तालुकदारले ५८,मोहम्मद नियम र एस.पी. नारायनले २५।२५, सकिव अल हसनले २३,नुरु हसनले १८, ए.डी.रसेल ५,हज्लातुल्लाह जलाई ४, के.ए. पोलार्डले ३ रन बनाए ।
बलिड.मा ताक्सिन अहमदले ३, आलोक कपाली, सोहल तनवीर,अलअमिन हुसेन र अफिफ हुसेनले एक एक विकेट लिए ।
खेलमा नेपाली क्रिकेट स्टार सन्दीपले चार ओभर बलिड. गर्ने मौका पाए पनि उनलाई विकेट झार्न कठिन भयो । उनले पहिलो ओभरमा १२, दोस्रोमा ८, तेस्रोमा ६ र चौथोमा ८ रन जुटाउने मौका दिए ।


















