Prakash Adhikari February 19, 2019

 

धनगढी(कैलाली), ७ फागुन । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग अन्तगर्त आज भएको लिग चरणको अन्तिम खेलमा सिवाइसी अत्तरीयाले काठमाडौं गोल्डेन्सलाई ७ विकेटले हराएको छ ।

फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ७५ रनको योगफल तयार पारेका थियो ।

७६ रनको लक्ष्य पाएको सीवाईसी अत्तरियाले सो लक्ष्य १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।

आजको खेलमा काठमाडौं गोल्डनले निकै कमजोर सुरुवात गर्यो । उसले ६ रनमा दुई विकेट गुमायो । उसका दुबै ओपनर गौरव तमोर एक र अनिलकुमार शाह ५ रनमा आउट भए । त्यसपछि पनि उसका मिडिलअडरका खेलाडी विच कुनै राम्रो साझेदारी हुन सकेन ।

काठमाडौंको स्कोर ३१ रन हुँदा तेस्रो विकेट झर्यो भने ३७ रनमा चौथो विकेट खेर गयो । जसमा अकिंत दबास १० रनमा आउट भएभने महबुब आलमले खाता खोल्न सकेनन् । त्यसपछि योगन्द्रसिंह कार्की पनि १३ रनमा पेभेलियन फर्किए ।

काठमाडौंको स्कोर ६९ रन हुँदा उसले सात विकेट गुमायो । कप्तान ज्ञानेन्द्र मल्ल ३२ रनमा आउट हुँदा सोनु तामाङ एक रनमा पेभेलियन फर्किए ।

बलिङमा रामनरेश गिरी र दिपेन्द्र ऐरीले दुई दुई विकेट लिए ।

जवाफमा अत्तरीयाले १७ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । अत्तरीयाको जितमा आजपनि विदेशी खेलाडी जयकशिन कोल्सावाला नायक बने । २५ रन हुँदा सुविन्धु पाण्डेलाई मात्र ५ रनमा गुमाएको अत्तरीयाले ५० रनमा दोस्रो विकेट खेर फाल्यो । प्रेम तामाङ १० रनमा आउट भए । त्यसपछि ६३ रन हुँदा जयकिशन कोल्सावाला ब्यक्तिगत ३३ रनमा पेभेलियन फर्किए । त्यसपछि कप्तान दिपेन्द्र ऐरीले अविजीत रन बनाउँदै टिमलाई जित दिलाए ।

प्रतियोगिता अन्तर्गत बुधबार हुने पहिलो क्वालिफायरमा पुनः अत्तरिया र काठमाण्डौ प्रतिस्पर्धा गर्नेछन् भने बिहिबार हुने इलिमीनेटरमा रुपन्देही र महेन्द्रनगर एकअर्काको सामना गर्नेछन्।

पहिलो क्वालिफायरको बिजेता फाइनल प्रबेश गर्नेछ भने पराजित टिमले फाइनल प्रवेशको लागि दोश्रो क्वालिफायरमा इलिमिनेटरको बिजेतासँग खेल्नेछ।

Share Now

Leave a comment.