Prakash Adhikari March 5, 2019

 

आबुधावी(युएई),२१ फागुन । नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आबद्ध लाहोर क्वालन्दर्सले आज पाकिस्तान सुपर लिग अन्तरगत पेशावर जाल्मीसंग प्रतिस्पर्धा गर्ने भएको छ ।

खेल युएईको आवुधावीमा नेपाली समय अनुसार ५ः १५ मा आरम्भ हुने छ ।

पेशावर जाल्मी हालसम्मका खेलिएका ८ खेलहरुमा ५ मा जित र ३ मा हार ब्यहोर्दै १० अंक सहित दोस्रो स्थानमा रहेको छ भने नेपाली क्रिकेट स्टार सन्दीप आबद्ध लाहोर क्वालन्दर्स ७ खेलमा ३ जित र ४ हार सहित ६ अंक हासिल गरेर छैठौ स्थानमा रहेको छ ।

Pakistan Super League

TEAM M W L T P NRR
QG 8 6 2 0 12 0.199
PZ 8 5 3 0 10 0.633
IU 8 4 4 0 8 0.12
KK 8 4 4 0 8 -0.459
LQ 7 3 4 0 6 -0.341
MS 9 2 7 0 4 -0.145

पहिलो स्थानमा क्वेटा ग्लाडिएटर्स छ भने अन्तिममा मुल्तान सुल्तान रहेको छ ।

यस अगाडिको भेटमा पनि लाहोरलाई पेशावरले जितेको थियो भने सन २०१८ का दुई खेल र २०१७ का दुवै भेटमा पेशावरले लाहोरलाई पराजित गरेको थियो ।

लाहोरका खेल कराँचीमा सारिए

भारत र पाकिस्तानबीच भएको राजनीतिक तनावका कारण पाकिस्तान सुपर लिग क्रिकेटको खेल तालिकाअनुसार लाहोरमा हुने भनिएका सबै खेलहरु कराँचीमा सारिएका छन । प्रतियोगिता अन्तरगत मार्च ५ सम्मका खेलहरु अबुधावीमा हुनेछन भने त्यसपछिका खेलहरु पाकिस्तानमा हुनेछन् ।

प्रतियोगिता अन्तरगत शनिबार हुने लाहोर कलन्दर्स र इस्लामाबाद युनाइटेड, आइतबार हुने कराची किंग्स र क्वेटा ग्लाडियटर्स, सोमबार हुने लाहोर कलन्दर्स र मुल्तान सुल्तान तथा कराँची किंग्स र पेसावर जाल्मीका खेलहरु कराँचीमा सारिएका छन ।

Share Now

Leave a comment.