Prakash Adhikari March 6, 2019

 

सानेपा(ललितपुर),२२ फागुन ।  नेपाली कांग्रेसका सभापति एवम् कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले फागुन २३ गतेदेखि जिल्ला भ्रमण गर्नुहुने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद प्रौडेलले सार्वजनिक गर्नुभएको कार्यक्रम अनुसार कांग्रेस सभापति देउवा भोलि विहान ११ः१५ वजे काठमाडौंबाट बुद्ध एयरको उडानद्वारा विराटनगर प्रस्थान गर्नुहुनेछ । भोलि नै उहाँले विरेन्द्र सभागृहमा सृष्टि पत्रिकाको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । भोलि नेपाली कांग्रेस मोरड.ले आयोजना गरेको मोरङ्ग जिल्लाबाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच छलफल कार्यक्रममा सहभागी हुनुहुनेछ । भोलि नै उहाँ मोरड.बाट निर्वाचित माननीय सांसदहरुसंग छलफल कार्यक्रममा सहभागी हुनुहुनेछ र दिउसो ४ः१५ बजे बुद्ध एयरकै उडानबाट काठमाडौं फर्कनु हुनेछ।

फागुन २४ गते कांग्रेस सभापति देउवा दिउँसो २ः१५ बजे वुद्ध एयरको उडानद्वारा पोखरा प्रस्थान गर्नु हुनेछ । राति पोखरामा नै बस्नुहुनेछ । उहाँ फागुन २५ गते विहान ९ बजे पोखराबाट हेलिकोप्टरद्वारा म्याग्दीको सिंहा तातोपानी प्रस्थान गर्नुहुनेछ । म्याग्दीको सिंहाको कार्यक्रममा सरिक भएर उहाँ तातोपानीबाट सडक मार्ग हुँदै वेनी बजार प्रस्थान गर्नुहुनेछ । सोहि दिन सभापति देउवाले नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीको भवनको उद्घाटन गरि त्यहाँ आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उहाँ २५ गते राति वेनी बजारमा बास बस्नुहुनेछ ।

कांग्रेस सभापति देउवा फागुन २६ गते विहान ९ बजे वेनीबाट सडक मार्ग हुँदै पर्वतको जलजला गाउँपालिकाको मिलनचोक प्रस्थान गर्नुहुनेछ । त्यहाँ उहाँले नेपाली कांग्रेस जलजला गाउँ कार्यसमितिको भवनको शिलान्यास गर्नुहुनेछ ।सो कार्यक्रम सम्पन्न भएपछि उहाँ सडक मार्ग हुँदै बाग्लुङको सदरमुकाम बाग्लुङबजार प्रस्थान गर्नुहुनेछ । दिउसो कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुनेछ । उहाँ राति बाग्लुङ बजारमा नै बस्नुहुनेछ ।

फागुन २७ गते विहान ९ बजे कांग्रेस बाग्लुङ सदरमुकामबाट सडक मार्ग हुँदै पर्वतको कुश्मा प्रस्थान गर्नुहुनेछ । त्यहाँ उहाँले नेपाली कांग्रेस पर्वत जिल्लाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रम समाप्तिपछि उहाँ सडक मार्ग हुँदै कुश्माबाट पोखरा प्रस्थान गर्नुहुनेछ र राति पोखरामा नै बस्नुहुनेछ । उहाँ फागुन २८ गते ड्ड विहान हवाई मार्ग हुँदै काठमाडौँ फर्कने कार्यक्रम छ ।

Share Now

Leave a comment.