सानो ठिमी ((भक्तपुर), १ चैत्र । शिक्षा सेवा आयोगले कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गर्ने सन्दर्भमा लिएका लिखित र अन्तरर्वार्तामा उत्तीर्ण भएका थप ५ जिल्लाका प्राथमिक तहका शिक्षकहरुको नामावली सार्वजनिक गरेको छ ।
आयोगले २०७५ चैत्र गतेको निर्णय अनुसार शुक्रबार मोरड.,बाँके,दैलेख,जाजरकोट र मुगु जिल्लाबाट लिखित परिक्षामा सम्मिलित भई पास भएर अन्तरवार्तामा पनि पास भएका शिक्षकहरुको नामावली प्रकाशित गरेको हो ।
आयोगले कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गर्ने सन्दर्भमा आषाढ ३० गते लिएको लिखित परीक्षा र त्यसको नतिजाको आधारमा लिइएको अन्तरवार्ताको आधारमा कायम हुन आएको योग्यताक्रमका आधारमा नतिजा प्रकाशित गरेको जनाएको छ ।
हेर्नुहोस् पाँच जिल्लाबाट स्थायी हुने प्राथमिक शिक्षकको नामावली ः