Prakash Adhikari March 28, 2019

 

 

इस्लामाबाद(पाकिस्तान),१४ चैत्र(बीबीसी) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अन्तरिक्षमा एन्टिस्याटलाईट मिसाइल (एएसएटी) भनिएको भूउपग्रह प्रतिरोधी क्षेप्यास्त्रको प्रक्षेपण गर्ने सफल राष्ट्रमध्ये एक भएको घोषणा गरेसँगै छिमेकी राष्ट्र पाकिस्तानको अवस्था कस्तो रहेको छ भन्ने विषयमा चर्चा सुरू भएको छ।

उक्त धोषणासँगै पाकिस्तान लगायत अन्य छिमेकी मुलुकका भूउपग्रहहरूका लागि भारत खतरा बन्दै गएको मानिएको छ।

यद्पि मोदीले सम्बोधनका क्रममा उक्त परीक्षण कुनै पनि किसिमको अन्तर्राष्ट्रिय नियम नतोडिकनै सम्पन्न गरिएको घोषणा गरेका थिए।

पाकिस्तानले पनि उसको अन्तरिक्षसँग सम्बन्धित कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि नै रहेको बताउँदै आएको छ।

विश्लेषकहरूले भने उक्त परीक्षण मार्फत भारतले आफूहरूसँग युद्धका लागि थप एउटा हतियार रहेको र युद्ध अन्तरिक्षसम्म पुगिसकेको छ भन्ने सङ्केत दिएको बताउँछन्।

भारत पाकिस्तान

स्पेस एन्ड अपर एटमोस्फिएर रिसर्च कमिसनका अनुसार पाकिस्तानले सन् २०११ देखि २०४० बीचमा पाँचवटा भूउपग्रह अन्तरिक्षमा पठाउने योजना रहेको बताएको छ

भारतको तुलनामा पाकिस्तानको अन्तरिक्षसँग सम्बन्धित कार्यक्रम सीमित छ।

तर भारतको घोषणासँगै यस विषयमा पाकिस्तानले सोच्नुपर्ने अवस्था सृजना भएको छ।

आर्थिकरूपमा सबल नरहेको पाकिस्तानले यो नयाँ प्रतिस्पर्धाका लागि आवश्यक रकम जुटाउन सक्ला?

पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको एउटा वकतव्यमा समेत नयाँ हतियारबारे उसको चिन्ता देख्न सकिन्छ।

इस्लामाबादले आफू अन्तरिक्षसँग सम्बन्धित हतियारको दौडकोविरुद्धमा रहेको बताउँदै यस्तो दौडमा सामेल हुने वा नहुने भन्ने विषय भने कठिन प्रश्न रहेको टिप्पणी गरेको छ।

पाकिस्तानका एकजना विश्लेषकले अन्तरिक्ष मानवजातिको साझा सम्पत्ति भएका कारण त्यहाँ हुनसक्ने सैन्य क्रियाकलापबाट जोगिनुपर्ने सबैजनाको जिम्मेवारी रहेको बताएका छन्।

पाकिस्तानले अन्तरिक्ष परियोजना सन् १९६१ मा सुरु गरेको थियो।

उक्त परियोजनाअन्तर्गत पाकिस्तानले स्पेस एन्ड अपर एटमोस्फियर रिसर्च कमिसन गठन गर्‍यो जसको नारा शान्तिका लागि अन्तरिक्ष अनुसन्धान रहेको छ।

भारत पाकिस्तान

भारतले नष्ट गरेको भूउपग्रह गएको ज्यानुअरीमा अन्तरिक्षमा पठाएको थियो

पाँच भूउपग्रह अन्तरिक्षमा पठाउने योजना

उक्त सङ्गठनले चिनियाँ सहयोगमा केही भूउपग्रह अन्तरिक्षमा पठाएको छ।

स्पेस एन्ड अपर एटमोस्फियर रिसर्च कमिसनका अनुसार पाकिस्तानले सन् २०११ देखि २०४० बीचमा पाँचवटा भूउपग्रह अन्तरिक्षमा पठाउने योजना रहेको बताएको छ।

पाकिस्तानका तत्कालीन प्रधानमन्त्री यूसुफ रजा गिलानीले उक्त योजना अनुमोदन गरेका थिए।

सरकारी अधिकारीहरूका अनुसार उक्त स्याटेलाइटको मुख्य उद्देश्य भनेको भू-विज्ञान, पर्यावरण, सञ्चार र कृषि जस्ता क्षेत्रमा अनुसन्धान गर्नु हो।

विश्लेषकहरूका अनुसार त्यस्ता भूउपग्रहले अनुसन्धान मात्र नभएर सैन्य कारबाहीका लागि समेत प्रयोग गर्न सकिने भए पनि पाकिस्तानले हालसम्म अन्तरिक्षमा न कुनै हतियार पठाएको छ न त अन्तरिक्षमा प्रहार गर्नसक्ने खाले कुनै क्षेप्यास्त्र बनाएको छ।

भारत पाकिस्तान

स्पेस एन्ड अपर एटमोस्फिएर रिसर्च कमिसनका अनुसार पाकिस्तानले सन् २०११ देखि २०४० बीचमा पाँचवटा भूउपग्रह अन्तरिक्षमा पठाउने योजना रहेको बताएको छ।

भारतको विपक्षमा मोर्चा बनाउने तयारी

भारतले भूउपग्रहमा ‌क्षेप्यास्त्रको सफल परीक्षण सम्पन्न गरेसँगै पाकिस्तानका प्रवक्ताले यस्ता घटनाबारे चासो देखाउँदै आएका मुलुकहरू एकजुट भएर अन्तरिक्षमा हुनसक्ने सैन्य खतरालाई कसरी हेर्ने भन्ने विषयमा अभियान चलाउनका लागि अमेरिका जाने विश्वास व्यक्त गरेका छन्।

अन्तरिक्षमा हुने सैन्य तयारीले जमिनमा रहेको सैन्य बललाई समेत फाइदा पुर्‍याउन सक्ने हुँदा यसले सैन्य सन्तुलन बिगार्न सक्ने विश्लेषकहरूको भनाइ छ।

यस्तो अवस्थामा पाकिस्तानलाई पछि हट्न स्वीकार्य नहुन सक्छ।

इस्लामाबादका सुरक्षाकर्मीहरूका अनुसार भारतले अन्तरिक्षमा गरेको सैन्य तयारी पाकिस्तान भन्दा चीनतर्फ लक्षित छ।

तर पाकिस्तान आफ्नो ‘दुस्मन छिमेकी’ को यस्तो क्षमतालाई सामान्य रूपमा लिन सक्दैन।

भारतको एन्टी स्याटेलाईट टेस्ट

भारतले २००७ सालमा नै गर्नसक्ने खतरनाक एन्टी स्याटेलाईट हतियारको टेस्ट गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफैं बुधबार राष्ट्रको नाममा सम्बोधन गर्दै यसबारेमा जानकारी दिएका हुन् ।

नरेन्द्र मोदीको सम्बोधन

भारतले बुधबार विहान ११ बजेर १६ मिनेट जाँदा ए सेटको परिक्षण गरेको हो। ए सेटले  ३०० किमीको ऊचाईमा एक पुरानो स्याटेलाइटलाई निशाना बनाएको थियो। सो पुरानो स्याटेलाईट अब सेवाबाट हटेको छ। यो पूरा अभियान मात्र ३ मिनटमा  पूरा भएको प्रधानमन्त्री मोदीले जानकारी दिए।

यस स्याटेलाइट किलर मिसाइलको महत्‍व कति छ भन्ने अन्दाज नै मोदीको सो सम्बोधनबाट गरिएको छ । जुन सम्बोधन प्रधानमन्त्री मोदीले विहान नै केही विशेष जानकारी दिने भनेर ट्वीटरमा जानकारी दिएका थिए । मोदीले भने कि, ‘केही समय भन्दा पहिले भारतले एक अभूतपूर्व सिद्धि प्राप्त गरेको छ । भारतले दुनियामा अन्तरिक्ष महाशक्तिको रुपमा आफ्नो नाम लेख्न सफल भएको छ । यसभन्दा पहिले यो उपलब्धि सिर्फ अमेरिका, रूस र चीनले मात्रै हाँसिल गरेका थिए।’ भारतद्वारा गरिएको यो टेस्ट एकदमै दुर्लभ र खतरनाक समेत थियो।

भूउपग्रह

अमेरिकाले पहिले एन्टी-स्याटेलाइट टेस्ट १९५९ मा गरेको थियो। यो त्यो समय थियो जतिबेला स्याटेलाइट नै दूर्लभ थियो । यसको केही समय पछि नै सोभियत संघले यस्तै एक टेस्ट गर्यो । सोभियत संघले १९६० र १९७० मा यो टेस्ट गरेको थियो । त्यसको २० वर्षसम्म कुनै पनि परीक्षण भएन । सन् २००७ मा चीनले पनि यस दौडमा भाग लिएको थियो । चीनले टेस्ट गर्दै आफ्नो मौसम सम्बन्धी जानकारी दिने उपग्रहलाई ध्वस्त बनाइदिएको थियो ।

इण्डियन स्पेस रिसर्च अर्गनादजेशन इसरोका पूर्व अध्यक्ष जी माधवन नायरले भारतले एक दशकभन्दा अघि नै ऐन्टी स्याटेलाइट मिसाइल टेस्ट गर्न सक्ने क्षमता राखेको भएपनि राजनीतिक शक्तिका कारण हिम्मत नजुटेको बताए । राजनीतिक इच्छाशक्तिको कमी भएकै कारण यसलाई सफलतापूर्वक प्रक्षेपण गर्न नसकिएको उनको आरोप छ । उनले भने कि जुन समय चीनले यो परीक्षण गरेको थियो । सोही समय भारतले पनि यो परीक्षण गर्न सक्षम रहेको भएपनि राजनीतिक इच्छा शक्तिका कारण यस्तो भएको उनले बताए ।

 

Share Now

Leave a comment.