Prakash Adhikari March 29, 2019

काठमाडौं, १४ चैत्र । नेपाल कम्युनिष्ट पार्टीका संयुक्त अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको १० दिने भ्रमण सम्पन्न गरि बिहिबार साँझ नेपाल फर्कनु भएको छ ।

जनयुद्धको नाममा १८ हजार निर्दोष नेपाली नागरिकको हत्या गरेको आरोपमा मेरिल्याण्ड राज्यको एफबीआईमा मुद्दा परेकोले अमेरिकामा केही हुन्छ कि भन्ने त्रासमा रहनुभएका प्रचण्ड अमेरिकामा नेपालमा सेवा गरिसकेका पूर्व राजदूत स्कट सी डेलेसी र अमेरिकाको दक्षिण तथा मध्य एसिया हेर्ने सहायक मन्त्री एलिस जी वेल्ससंगको भेटबाट आफू सन्तुष्ट भएको बताउनु भयो ।

Ganga Dahal को फोटो।

अमेरिकामा बसोबास गरिरहनुभएका गैर आवसीय नेपाली डा. तिलकबहादुर श्रेष्ठले सशस्त्र द्धन्द्धकालमा निरपराध निमुखा १८ हजार नेपालीको हत्याको आरोप लगाउदै उहाँका विरुद्धमा मेरिल्याण्ड राज्यमा मुद्दा हाल्नुभएकोले पक्राउ तथा केरकारको त्रासमा रहनुभएका पूर्व प्रधानमन्त्री शान्ति प्रकृयाको समयमा नेपालमा कार्यरत अमेरिकी राजदूत स्कट डेलिसीसंगको भेटमार्फत आफ्नो नेतृत्व क्षमता, लचकता र भूमिकाको बारेमा सकारात्मक सन्देश दिन पाएकोमा दंग देखिनुभएको थियो भने दक्षिण अमेरिकी राष्ट भेनेजुयलामा निर्वाचनमा धाँधली भएको भन्दै विपक्षी नेतालाई अमेरिकाले अन्तरिम राष्टपतिको मान्यता दिएको घट्नामा अमेरिकाको विरोधमा वक्तव्य निकाल्नुभएका उहाँ त्यस विषयमा अमेरिकाले कुनै चासो नै व्यक्त नगरेकोमा झन मख्ख पर्नुभएको थियो ।

 

उहाँले त्रिभुवन विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसंगको भेटमा सहायक विदेश मन्त्री एलिससंगको भेटको सन्दर्भ उल्लेख गर्दै भन्नुभयो, उहाँले ‘तिब्बतको मुद्दामा नेपालले मानवअधिकारको विषयमा जसरी विगतदेखि गर्दै आएको हो, त्यसरी नै गरोस् भन्ने चाहाना व्यक्त गर्नुभयो भने ‘उत्तर कोरियाको विषयमा अमेरिकी केही चासोहरु भएकोले त्यसलाई त्यसलाई नेपालले बुझिदिए हुन्थ्यो भन्ने चाहाना राख्नुभयो ।’

Ganga Dahal को फोटो।

उहाँले भन्नुभयो, ‘हिजो विवादमा भएको विषय उठ्लान् कि भन्ने तयारीमा म थिएँ तर, उठेन । मुख्यतः भेनेजुएला उठ्छ कि भन्ने लागेको थियो । उठेन र मैले भनिरहनु आवश्यक भएन ।’ भेनेजुयलाको विषय नउठेकोमा पूर्व प्रधानमन्त्री दाहाल निकै दंग देखिनुभएको थियो ।

एअरपोर्टबाट भूमिगत शैलीमा निकाल्ने प्रबन्ध

डा.तिलक श्रेष्ठले मेरिल्याण्डमा हालेको मुद्दाले अमेरिकामा पनि तहल्का नै मच्चाएको विषय पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नै मुखबाट फुस्काउनुभयो ।

Ganga Dahal को फोटो।

आफ्नी छोरी गंगाले सो मुद्दाका विषयमा अमेरिका उत्रनुपूर्व जहाजमा नै जानकारी पाएको र त्यसमा आफूलाई नभने पनि यसकाबारेमा जानकारी पाएका अमेरिकास्थित नेपाली राजदूत डा. अर्जुनबहादुर कार्कीले आफूलाई एअरपोर्टबाट सीधै अस्पताल पुर्याउने प्रबन्ध मिलाएको पनि उहाँले बताउनुभयो ।

हुन पनि नेकपाका अध्यक्ष रहनुभएका प्रचण्ड अमेरिकाको एअरपोर्टमा उत्रदा राजदूत कार्की र नेपालीहरुले स्वागत गरेको तस्विर सामाजिक सञ्जालमा कतै देखिएन ।

एकैचोटी छोरी गंगा दाहालले जोन हप्किन्स् अस्पतालमा खिचेको पारिवारिक फोटोले उहाँहरु अमेरिका पुगेको सन्देश दिएको थियो ।

Ganga Dahal को फोटो।

अमेरिकी सहायक विदेश मन्त्री एलिस जी वेल्ससंगको भेटघाट पछि मात्र राजदूतसंगै भएका फोटोहरु सार्वजनिक भएका हुन् ।

Ganga Dahal को फोटो।

पूर्व प्रधानमन्त्री दाहालले अमेरिका बसाईको क्रममा लामो समयदेखि त्यहाँ बसेका नेपालीहरुसंग भेटघाट र अन्तरक्रिया भएको पनि दावी गर्नुभयो ।

पत्नीको उपचारबाट सन्तुष्ट

पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री दाहालले अमेरिका भ्रमणकाबारेमा कुनै पनि कुरा लुकाउने वा ढाँट्ने प्रयत्न गर्नुभएन् ।आफू विरुद्ध परेको मुद्दादेखि आफ्नो भूमिगत भ्रमण र तिब्बत तथा कोरियामा अमेरिकी चासोका विषयमा भएका कुराहर खुलस्त नै भनिदिनुभयो ।

आफू अमेरिका जानु पर्ने मुख्य कारण पत्नी सीताको स्वास्थ्योपचारका विषयमा पनि उहाँले कुनै कुरा लुकाउनु भएन । उहाँले पत्नी सीता प्रोगेसिभ सुपर न्युक्लियर पाल्सी (पीएसपी) रोगबाट ग्रसित भएको र उहाँलाई अमेरिकाको जोन हकिंग्स, जर्जटाउन र बर्बिघंम अस्पतालमा जाँच गराइएको बताउनुभयो ।

अमेरिकाका डाक्टरहरुले पनि सिंगापुरमा गरेकै उपचार सही भएको जानकारी दिँदै तीन महिनाका लागि शरीरमा लगाउने दुई थरी नयाँ मल्हम दिएको बताउनुभयो । स्मरणशक्ति र शरीरको चालढाललाई सकारात्मक असर गर्ने ब्यहोर डाक्टरहरुले दाहाललाई बताएका थिए ।

यो रोगको बारेमा अमेरिकामा पनि अनुसन्धान चल्दै रहेकोले यस सम्बन्धमा अग्रणी मानिएका जोन हप्किन्स र जर्ज टाउन र बर्बिघंम अस्पताल सबैमा कार्यरत डाक्टरहरुको परामर्श र सेवा लिएको पनि उहाँले बताउनुभयो ।

Ganga Dahal को फोटो।

‘तीनैवटा अस्पतालबाट एकै खालको कुरा आएपछि ‘त्यसअनुसार औषधी दिन सुरु गरिएको छ, प्रारम्भिक लक्षण राम्रो छ ।’ नेकपाका संयुक्त अध्यक्ष दाहालले भन्नुभयो ।

पूर्व प्रधानमन्त्री दाहाल पत्नी सीता दाहाल, छोरी गंगा र ज्वाई जीवन आचार्यको साथ चैत ३ गते साँझ अमेरिका प्रस्थान गर्नुभएको थियो ।

उपचार प्रक्रिया लामो चलेमा आफू १० दिन बसेर फर्किने बताउनुभएका नेकपाका संयुक्त अध्यक्ष दाहालले उपचार सकिएकाले आफूसहितको सबै टोली सँगै स्वदेश फर्किएको बताउनुभयो ।

उहाँले अब पार्टी एकीकरणको प्रक्रिया टुंग्याउन आफू केन्द्रित हुने बताउनुभएको छ ।

Share Now

Leave a comment.