मुम्बई(भारत), २१ चैत्र (एजेन्सी) । साविकको विजेता चेन्नई सुपर किंग्सले जारी इन्डियन प्रिमियर लिग (आइपीएल) को १२ औं संस्करणमा पहिलो हार ब्यहोरेको छ ।
बुधबार राति मुम्बईको बन्खडे क्रिकेट मैदानमा भएको खेलमा चेन्नई मुम्बई इन्डियन्ससँग ३७ रनले पराजित भयो । चेन्नईले यसअघिका तीन खेलमा लगातार जित निकालेको थियो ।
मुम्बईले दिएको एक सय ७१ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो । चेन्नईका लागि केदार जादवले ५८ रन बनाए । सुरेश रैनाले १६, कप्तान महेन्द्र सिंह धोनी र शार्दुल ठाकुरले समान १२–१२ रन बनाए । बलिङमा मुम्बईका लाथिस मालिंगा र हार्दिक पाण्ड्यले तीन तीन विकेट लिए । जासन बेन्ड्रोफले दुई विकेट झारेका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७० रन बनाएको थियो । मुम्बईका लागि सुर्यकुमार यादवले सर्वाधिक ५९ रन बनाए । कुर्नल पाण्ड्यले ४२ र हार्दिक पाण्ड्यले अविजित २५ रन बनाए ।
बलिङमा चेन्नईका दिपक चाहर, रोहित शर्मा, इमरान ताहिर, रविन्द्र जडेजा र ड्याने ब्राभोले समान एक एक विकेट लिए ।
Indian Premier League
TEAM | M | W | L | PT | NRR |
---|---|---|---|---|---|
KXIP | 4 | 3 | 1 | 6 | 0.164 |
CSK | 4 | 3 | 1 | 6 | -0.084 |
SRH | 3 | 2 | 1 | 4 | 2.111 |
KKR | 3 | 2 | 1 | 4 | 0.555 |
DC | 4 | 2 | 2 | 4 | 0.215 |
MI | 4 | 2 | 2 | 4 | -0.087 |
RR | 4 | 1 | 3 | 2 | -0.333 |
RCB | 4 | 0 | 4 | 0 | -1.901 |
जितसँगै छैटौं स्थानमा रहेको छ । मुम्बईले चार खेलबाट चार अंक बनाएको छ । पहिलो हारसँगै चेन्नईले चार खेलबाट ६ अंक बनाएको छ । चेन्नई तालिकाको दोस्रो स्थानमा छ ।