Prakash Adhikari April 16, 2019

क्वालालम्पुर(मलेशिया),३ बैशाख । आईसीसी यु १९ विश्वकप छनोट (एशिया) अन्तरगत नेपाली टीम र ओमानबीच मंगलबार सम्पन्न खेलमा नेपालले ओमानलाई १ सय ५० रनको विशाल अन्तरले पराजित गरेको छ ।

नेपालले निर्धारित ५० ओभरको खेलमा ४४ ओभर खेल्दै ओमानसामु २ सय ३० रनको चुनौति प्रस्तुत गरेको थियो ।

२ सय ३० रनको लक्ष्य हासिल गर्न अग्रसर ओमानलाई नेपालले मात्र ७९ रनमा रोक्यो ।

ओमानलाई सस्तैमा रोक्न नेपालका पवन सर्राफले ३,प्रतिश जिसी र सूर्य तामांगले २ /२ तथा कुशल मल्ल,भिम सार्की र केएस ऐरीले १। १ विकेट लिए ।

ओमान ४५ औं ओभरको पहिलो बलसम्म मैदानमा टिक्न सक्यो । यसले ओमान कमजोर नरहेको र भाग्यले साथ दिए युएईलाई चुनौती पनि दिन सक्ने देखिएको छ ।

यसअघि सेलाङ्गोर टर्फ क्लब क्वालालम्पुरमा भएको खेलमा टस हारेर ब्याटिड.को निम्तो पाएको नेपालले निर्धारित ५० ओभरको खेलमा ४४ औं ओभरको दोस्रो बलमा अल आउट हुँदै २ सय २९ रन बनाएको थियो ।

नेपालका पहिलो नम्बरमा रहेका ब्याट्सम्यानहरु सस्तैमा बाहिरिदा नेपालले पूरा ओभर खेल्न सकेन ।

नेपालले आज राम्रो सुरुवात गर्न सकेन् । ओपनर ऋत गौतम र पवन सर्राफको जोडी मैदानमा टिक्न सकेन । नेपालका पवन सर्राफ ५ रनमा आउट भए भने ऋत गौतम १० रनमा पेभेलियन फर्किए । १२ रनमा पहिलो विकेट गुमाएको नेपालले ३३ रन बनाउदा दोस्रो विकेट खेर फाल्यो ।आजको खेलमा डेब्यु गरेका अभिनाश बस्नेत १५ रनमा आउट भएपछि स्कोर ६२ रन हुँदा नेपालको तेस्रो विकेट झर्यो ।

त्यसपछि नेपालको स्कोर ७५ पुग्दा भरपर्दा मानिएका खेलाडी सन्दीप जोरा ४ रनमा आउट भएपछि नेपालले चौथो विकेट गुमायो ।

त्यसपछि पनि नेपालको विकेट झर्ने क्रम रोकिएन । डेब्यु खेलमा अर्धशतक बनाएका हरि चौहान २ रनमा आउट भए । ८९ रनमा पाँच विकेट गुमाएपछि नेपाल निकै चर्को दवावमा परेको थियो ।

त्यसपछि ब्याट सम्हालेका कप्तान रोहितकुमार पौडेल र भिम सार्कीबीच ९२ रनको साझेदारी भएपछि नेपाल बलियो स्थितिमा पुग्यो । तर कप्तान रोहित ७५ रनमा आउट हुन पुगे पछि भिम पनि लगत्तै ३९ रनमा बाहिरिए ।

नेपालले १ सय ७५ रनमा सात विकेट गुमाइसकेको थियो। तर त्यसपछि आएका कुशल मल्लपनि २ रनमा आउट भएपछि आठौं विकेट गयो । लगत्तै कमलसिंह ऐरी १ रनमा आउट भएपछि नेपालले नबौ विकेट गुमायो ।

१० औं विकेट जोगाउदै प्रतिश जिसी र सूर्य तामाड.ले पारि सम्हाले । अन्तिममा प्रतिश जिशीले विस्फोटक ४१ रन बनाएपछि नेपालले बलियो लक्ष्य दिन सफल भयो ।

ICC Asia Under-19s World Cup Qualifier

TEAM M W L PT NRR
UAE19 4 4 0 8 1.827
NEP19 4 3 1 6 3.095
Kuw19 3 2 1 4 0.416
Omn19 4 1 3 2 -1.559
SIN19 4 1 3 2 -2.544
MAL19 3 0 3 0 -2.039

अंकतालिकामा युएई ४ खेलमा शतप्रतिशत जित सहित पहिलो स्थानमा रहेको छ भने नेपाल दोश्रो स्थानमा रहेको छ  । ३ खेलमा २ जित र १ हार बेहोरेको कुवेत  तेश्रो स्थानमा रहेको छ।

विश्वकप छनौट हुने सम्भावना कायम राख्न नेपालले प्रतियोगिताको बाँकी खेल जितेर मात्रै हुनेछैन त्यो संगै युएईले कम्तिमा १ खेल हार्न समेत पर्नेछ।

प्रतियोगिताका अन्तिम खेलहरु बिहिबार हुँदैछन् । जसमा नेपालले कुवेतसंग,युएईले ओमानसंग र सिंगापुरले मलेशियाको सामना गर्दैछन् ।

ओमानले आज नेपालसंग जुन ढंगले टिकेर खेल्यो, कुनै कागताली परेर उसले युएईलाई पराजित गरेमा नेपाल विश्वकप खेल्न पाउन सक्छ । अन्यथा नेपालको मार्गमा युएई नै बाधक हुने देखिन्छ ।

 

Share Now

Leave a comment.