काठमाडौं, १७ पौष । सन् २०१८ को पहिलो दिन अर्थात नयाँ बर्ष नेपालको शेयरबजारको लागि उत्साहजनक बनेर आएको छ ।
निर्वाचनको परिणाम सार्वजनिक भएपछि पनि निरन्तर ओरालो लागेको शेयरबजारमा सोमबार एकाएक हरियाली छायो । त्यो पनि अघिल्लो दिनको तुलनामा लगभग ४५ अंकले उकालो लागेर ।
शेयरबजार निरन्तर ओरालो लागेपछि एकातिर शेयर लगानीकर्ताहरुको संगठनले नेपाल बैंकर एशेसियसनलाई शेयरबजारमा जाने कर्जामा व्याज नबढाउन अनुरोध गरेर सहमतिमा पुर्याएका थिए भने अर्कोतिर बजारमा तरलता अभावलाई पूरा गर्न नेपाल राष्ट्र् बैंकले नगद प्रवाहको कार्यतालिका सार्वजनिक गरेको थियो । यस बाहेक बाणिज्य बैंकहरुबीच व्याजदर १२ प्रतिशतमा सीमित गर्ने सहमतिले पनि बजारमा लगानीकर्ताहरुको मनोबल बढेको विश्वास गरिएको छ ।
सोमबार नेप्से अघिल्लो दिनको तुलनमा ४४ दशमलव २२ अंकले बढेर १४३४ दशमलव ८० अंकमा पुगेको थियो । यो आइतबारको तुलनामा ३ दशमलव १८ प्रतिशतको बृद्धि हो ।
सोमबारको को बजारमा १ सय ६३ कम्पनीका ११ लाख ४१ हजार ४ सय ६३ कित्ता शेयरको किनबबेचबाट ४९ करोड ८४ लाख ७२ हजार ३ सय ९८ रुपैया बराबरको कारोबार भएको थियो ।
सोमबार बढी कारोबार हुने, कमाउने र गुमाउने कम्पनीको अवस्था यस्तो रह्यो ।
Market Summary
Total Turnover Rs: 498,472,398
Total Traded Shares 1,141,463
Total Transactions 5,229
Total Scrips Traded 163
Top 10 Turnovers
SymbolTurnoverClosing Price
As of 2018-01-01 15:00:00
SCB 28,862,066.00 1,033.00
PRVU 26,744,962.00 325.00
NLIC 18,645,444.00 1,759.00
RBCLPO 16,713,060.00 13,350.00
CHCL 15,883,728.00 915.00
NABIL 15,815,821.00 1,065.00
NIB 14,788,586.00 655.00
EBL 14,631,223.00 835.00
NBL 12,973,226.00 356.00
BPCL 11,208,620.00 691.00
Top Gainers
Symbol LTP % Change
As of 2018-01-01 15:00:00
RBCLPO 13,350.00 8.5366
RBCL 14,175.00 8.496
WMBF 130.00 8.3333
MLBBL 1,136.00 7.9848
HBL 636.00 7.7966
KMCDB 1,750.00 7.2304
RLFL 150.00 7.1429
NMBMF 1,970.00 7.0652
SCB 1,033.00 6.8252
OHL 688.00 6.6667
View All
Top Losers
Symbol LTP % Change
As of 2018-01-01 15:00:00
PURBL 220.00 -3.0837
NIBLPF 10.19 -2.0192
GIMES1 9.57 -1.9467
KMFL 1,848.0 -1.7544
SBBLJ 240.00 -1.2195
SEOS 12.11 -1.1429
PFL 184.00 -1.0753
SPDL 164.00 -0.6061
BHBL 164.00 -0.6061
NTC 780.00 -0.3856