लण्डन(संयुक्त अधिराज्य) ८ जेठ । नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले यस बर्ष पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा खेल्न पाउने भएका छन्।
सीपीएलका लागि बुधबार लण्डनमा भएको खेलाडीहरुको अक्सनमा उनलाई बार्बाडस ट्राइडेन्टसले ७० हजार डलर (करिब ७८ लाख ५० हजार नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको छ।
Nepal's @IamSandeep25 also gets a pay rise for CPL 2019. Was taken in round 13 last year by SKN Patriots for $5000. Has just been taken in the round 5 $70,000 slot by Barbados Tridents.
— Peter Della Penna (@PeterDellaPenna) May 22, 2019
बार्बाडसले सन्दीपलाई पाँचौ राउण्डमा बोल लगाएको थियो । यो राउण्डका खेलाडीहरुको न्यूनतम् पारिश्रमिक ७० हजार अमेरिकी डलर निर्धारित गरिएको छ।

सन्दीपलाई अनुबन्ध गरेको बार्बाडस ट्राइडेन्टसले एलेक्स हेल्स, जेसन होल्डर, आसिफ अली र वाहब रियाज लगायतलाई टिममा लिएको छ।
अघिल्लो सिजनमा पनि सीपीएलमा खेलेका सन्दीपको प्रदर्शन राम्रो रहेको थियो । गत बर्षको खेलमा सेन्ट किट्स एण्ड नेभिज प्याटियोटर्सबाट खेलेका सन्दीपले ५ खेलमा ७ विकेट लिएका थिए ।
यो सिजनको सीपीएल क्रिकेट आगमी सेप्टेम्बर ४ देखि अक्टोबर १२ तारिखसम्म वेस्टइन्डिजमा आयोजना हुँदैछ।
गतवर्ष सीपीएलको सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेल्दा क्लबले उनलाई ५ हजार डलरमा अनुबन्ध गरेको थियो।

सीपीएलको ड्राफ्टमा नेपालबाट सन्दीपसँगै युवा अलराउण्डर दिपेन्द्रसिंह ऐरी, तीब्र गतिका बलर सोमपाल कामी र मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेल पनि परेका थिए तर उनीहरुमाथि सहभागी कुनै टीमले बोल लगाएनन् ।


















