Prakash Adhikari June 10, 2019

लण्डन(संयुक्त अधिराज्य),२७ जेठ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेट २०१९ अन्तर्गत आइतबार राति भएको आफ्नो दोस्रो खेलमा भारतले अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको छ ।

यो जितसंगै भारत अंकतालिकामा समेत तेस्रो स्थानमा उक्लिएको छ। प्रतियोगितामा २ खेल खेलेको भारतले दुबै जित दर्ता गर्दै ४ अंक जोडेको छ। यस्तै दोस्रो स्थानको इंग्ल्याण्डको समेत ४ अंक रहंदा पहिलो स्थानको न्युजिल्याण्डको ६ अंक रहेको छ। भारतसंग पराजित  अष्ट्रेलिया भने ३ खेलबाट ४ अंक जोड्दै चौथो स्थानमा रहेको छ।

लण्डनमा टस जितेर ब्याटिंग गर्दै भारतले दिएको ३ सय ५३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउन अघि ३ सय १६ रन मात्र जोड्न सक्यो।

अष्ट्रेलियाको लागि स्टिभ स्मिथले सर्वाधिक ६९, डेभिड वार्नरले ५६ , उस्मान ख्वाजा ४२,ग्लेन म्याक्सवेलले २८,प्याट कुमिड. ८, नाथन कटलर नाइले ४, मिचेल स्टार्क ३ र आदम जम्पाले १ रन जोडे । एलेक्स केरीले अविजित ५५ रनको योगदान गरे ।

भारतको बलिंगमा जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले समान ३ ।३ विकेट लिए। यस्तै युज्भेन्द्र चहलले २ विकेट लिए।

लण्डनमा टस जितेर ब्याटिंग गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५२ रन जोडेको थियो।

भारतको इनिंगमा ओपनर शिखर धवनले शतक बनाएका थिए। अर्का ओपनर ब्याट्सम्यान रोहित शर्मासंग पहिलो विकेटका लागि धवनले १ सय २७ रनको साझेदारी गर्दा भारत खेलमा राम्रो सुरुवात पाएको थियो। रोहित व्यक्तिगत ५७ रनमा पभेलियन फर्किए।

धवनले पुनः तेस्रो विकेटका लागि कप्तान बिराट कोहलीसंग ९३ रनको साझेदारी गरेका थिए। ३७औं ओभरको अन्तिम बलमा धवन मिचल स्टार्कको शिकार बन्दा भारतले २ विकेट गुमाएर २ सय २० रन जोडेको थियो।

धवनको विकेट पश्चात ब्याटिंग गर्न उत्रिएका हार्दिक पान्ड्याले बिष्फोटक ब्याटिंग गर्दै ४८ रन जोड्यो ।

यस्तै महेन्द्र सिंह धोनीले व्यक्तिगत २७ र लोकेश राहुलले अविजित ११ रन जोड्दा अन्तिम ओभरमा आउट भएका कप्तान बिराट कोहलीले ८२ रन जोड।

अष्ट्रेलियाको बलिंगमा मार्कस स्टोइनिसले २ तथा मिचल स्टार्क, नेथन कुल्टर नाइल र प्याट कमिन्सले समान १।१ विकेट लिएका थिए।

Share Now

Leave a comment.