Prakash Adhikari June 21, 2019

 

धुञ्चे(रसुवा), ६ आषाढ। रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा थुनिएका १७ जना कामदारको सकुशल उद्धार भएको छ ।

शुक्रबार बिहान ७ बजे ११ जना नेपाली र ६ जना चिनियाँ कामदारलाई सुरुङबाट सुरक्षित बाहिर निकालिएको हो ।

बिहीबार राति साढे ८ बजेतिर गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ तातोपानी क्षेत्र नजिक निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङभित्र सुख्खा पहिरो खस्दा १७ जना कामदार थुनिएका थिए । सुरुङको एक सय मिटरभित्र काम गरिरहेको बेला थुनिएका उनीहरुलाई उद्धार गर्न रातिदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोली परिचालित थिए ।

‘अडिट ४ टनेलको मुखमा सुख्खा पहिरो खसेपछि कामदारहरु थुनिएको जानकारी पाएको १० मिनेटभित्रै खोज तथा उद्धारका लागि नेपाली सेना , सशस्त्र प्रहरी र जनपद प्रहरीका ३८ जनाको टोली घटनास्थलमा परिचालन गरिएको थियो ।

Share Now

Leave a comment.