Prakash Adhikari August 6, 2019

नयाँदिल्ली(भारत),२१ साउन (एजेन्सी) |  जम्मू-कश्मिरका पूर्वमुख्यमन्त्रीहरु पक्राउ परेका छन्।

भारत सरकारले जम्मूकश्मिरमा भारतीय संविधान लागू गरेपछि त्यसको विरोधमा उत्रिएका तीन जना पूर्वमुख्यमन्त्रीहरु महबूबा मुफ्ती, उमर अब्दुल्लाह, सज्जाद लोन लगायतका नेतालाई पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

जम्मू कश्मीरमा केन्द्र सरकारले सुरक्षा तैनाथी बढाएको छ भने उपत्यकामा कर्फ्यू लगाएको छ।

जम्मू–कश्मीरको विशेष अधिकार खारेज गर्ने र लद्दाखलाई केन्द्र सरकारको मातहत राख्ने निर्णय गरेको भारत सरकारले गरेपछि हिंसा भड्किन सक्ने भन्दै सुरक्षा सर्तकता बढाइएको छ।

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल जम्मू कश्मीर पुगेका छन्। लद्दाखलाई अलग गराएर भारतले जम्मूमा भारतको संविधान लागू गरेको छ। पाकिस्तानले भने यसको विरोध गर्दै आएको छ।

केहिदिन अधि मात्रै २५ हजार सुरक्षाकर्मी जम्मूमा पठाएको भारतले फेरि थप ८ हजार सुरक्षाकर्मी पठाइएको छ

Share Now

Leave a comment.