काठमाडौं । वित्तिय साक्षरता जगाउने उद्धेश्यले बाह्रौँ बर्षमा प्रबेशको अवसरमा ग्लोबल आइएमई बैंकले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।
काठमाण्डौँमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, संचालक समितिका पदाधिकारीहरु, लगायत उपत्यकामा कार्यरत कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
“बचत गरौँ” भन्ने मूल नाराका साथ आयोजना भएको प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, कमलादी, कमलादी गणेशस्थान, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, बीर अस्पताल, जमल हुदै पुन कान्तिपथ शाखामा पुगेर समापन गरिएको थियो ।
काठमाण्डौ बाहिर नारायणघाट, नेपालगञ्ज, बुटवल, भैरहवा, लाहान, पोखरा लगायतका स्थानमा पनि प्रभातफेरि कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ ।
२०६३ पौष १८ गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको स्थापनाको एक दशकभित्रै बैंक अफ द इएर तथा बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाडबाट समेत सम्मानित भईसकेको छ ।
ग्लोबल आइएमई बैंकले आफ्ना १ सय १३ शाखा, १ सय २३ एटिएम, ३ अन्य देशमा रहेका सम्पर्क कार्यालय, ४ वटा एक्स्टेन्सन काउण्टर, ५८ शाखा रहित बैंकिङ्ग सेवा मार्फत ८ लाखभन्दा बढि ग्राहकलाई सेवा दिइरहेको छ ।
अत्याधुनिक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग र इन्टरनेट बैंकिंङ्ग सेवा दिइरहेको बैंकले अष्टेलिया युके, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदानगर्दै आइरहेको छ ।