Prakash Adhikari August 19, 2019

काठमाडौं, २ भदौ । पूर्वयुवराज पारस शाहले त्रिभुवन विमानस्थलमा आइतबार प्रहरी अधिकृतलाई घचेटेको घटनामाथि छानवीन गरी प्रतिवेदन दिन कारबाही अगाडि बढाएको जनाएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक शैलेश थापाले घटना के कसरी भएको हो त्यसबारे विस्तृत छानविन गरी प्रतिवेदन दिन विमानस्थल प्रहरीलाई निर्देशन दिनुभएको छ।

https://youtu.be/bRA2LaNVJEg

आइतबार पूर्वरानी कोमल शाहको थाइल्याण्ड प्रस्थानका क्रममा आमालाई बिदाई गर्न एअरपोर्ट पुग्नुभएका पूर्वयुवराज शाहले ड्यूटीमा खटिएका प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई धकेलेको भिडियो दिउसो सार्वजनिक भएको थियो ।

प्रहरी कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएपछि प्रहरीले छानविन थालेको हो।

पूर्वमहारानी कोमललाई पुर्याउन पूर्वयुवराज पारससहित उहाँका सुपुत्र हृदयन्द्र र बाहिनी प्रेरणाका सुपुत्र पनि विमानस्थल पुग्नुभएको बताइन्छ । पूर्वमहारानीको सवारीसंगै राजावादीहरुको एक हुल पनि एअरपोर्टको विशिष्ट कक्ष नजिक पुगेर नाराबाजी गरेको र प्रहरीले सो भीडलाई रोक्न खोज्दा पूर्वयुवराज पारसका सुपुत्र हृदयन्द्र र भाञ्जालाई रोक्न खोजिएपछि पूर्वयुवराज पारसले प्रहरीलाई पूर्व राष्टाध्यक्षको परिवार जसलाई सरकारले विशिष्ट नागरिकको रुपमा सुरक्षा दिएको छ, उनीहरुलाई नरोक्न भन्दै घचेटेको उहाँका समर्थकहरुको भनाई छ ।

बहस

सामाजिक सञ्जालमा सो घट्नाको भिडिओ प्रकाशित भएपछि पूर्वयुवराज र प्रहरीको व्यवहारबारे बहस सुरु भएको थियो।

केहीले पूर्व युवराज पारसमा सामान्य नागरिकको दर्जामा झरेपछि पनि राष्टसेवकहरुलाई सम्मान गर्न नसकेको भन्दै उक्त कार्यलाई उद्दण्ड भनेका छन् भने केहीले चाहिँ प्रहरीकै दोष देखाएका छन्।

https://twitter.com/1995_damodar/status/1163078990912864257

सामाजिक सञ्जालमा दामोदर गिरीले प्रहरी प्रधान कार्यालयलाई सम्बोधन गरी ट्विटरमा उक्त भिडिओ साझेदरी पूर्वयुवराज पारस शाहलाई पक्राउ गर्न माग गर्नुभएको छ ।

पत्रकार जयसिंह महराले गणतन्त्रमा कसैलाई पनि काममा खटेका प्रहरीलाई हातपात गर्ने अधिकार नहुने बताउनुभएको छ।

महरालाई प्रत्युत्तर दिँदै रमेश दाहालले चाहिँ आफू पारसको समर्थक नभए पनि करिमा वेगमहरूलाई मात्र छ गणतन्त्रमा सिडिओ कुट्ने अधिकार भन्दै कटाक्ष गनुभएको छ।

सन् २००९ को नोभेम्बर महिनामा तत्कालीन कृषि तथा सहकारी सहायकमन्त्री करिमा बेगमले पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई हातपात गर्नुभएको थियो।

 

एल नेम्वाङले पारसले प्रहरीमाथि दुर्व्यवहार गर्दा प्रहरी प्रमुख र गृहमन्त्री किन मौन भनेर प्रश्न गर्नुभएको छ।

उमेश श्रेष्ठले अलि फरक खालको धारणा राख्नुभएको छ-

https://twitter.com/LijanUmesh/status/1163309696100524033

उहाँ भन्नुहुन्छ पारसले सही गरे भनेर ७० प्रतिशतले भनेका छन्। गलत गरे भनेर ३० प्रतिशतले मात्र भनेका छन् किन होला ? यस्तो अवस्था किन आयो ? प्रहरी प्रशासन गम्भीर हुन जरुरी छ।

पूर्वयुवराज पारसको उक्त कार्यलाई राजसंस्था फर्कियोस् भन्ने चाहना राख्नेहरूले पनि विरोध गरेका छन्।

त्यस्तै मध्येका एकजना भरतकुमार श्रेष्ठले पारसलाई दिएको सुरक्षा व्यवस्था फिर्ता गर्न माग गर्नुभएको छ।

पत्रकार विपेन्द्र कार्कीले प्रहरीले पूर्व राजपरिवारको सम्मान गर्नुपर्ने सम्झाउनुभएको छ।

कतिपयले पारस पीडित हुन् कि क्या हो? भन्दै व्यङ्ग्य पनि गरेका छन्।

जेसिका भट्टराईले अहिले पनि पूर्वयुवराजले मनलाग्दी गरेको भन्दै असहमति व्यक्त गर्नुभएको छ।

कतिपयले चाहिँ आम नागरिकको रूपमा रहेका व्यक्तिलाई कुनै दल निकट प्रहरीले पो दुर्व्यवहार गरेर उक्त घटना भएको हो कि? भन्ने शङ्का व्यक्त गरेका छन्।

राजनीतिक दल र अन्य सामाजिक अभियानका जुलुस तथा विरोध प्रर्दशनमा प्रदर्शनकारीको आक्रमणको तारो बनेर घाइते बन्दै आएका प्रहरीहरुलाई पारसको धक्का प्रकरणले अब सुरक्षाको कवच दिने भएको छ । यसो घचेट्दा त छानवीन आयोग बन्छ भने पुलिसमाथि ढुंगा,इँटा बर्षाउने र घाइते बनाउने प्रदर्शनकारीका आयोजक वा आक्रमणकारीलाई नेपाल प्रहरी र सरकारले उन्मुक्ति दिने कल्पना पनि गर्न सकिदैन् । यस अर्थमा त पूर्वयुवराज पारसको धक्का प्रकरण प्रहरीलाई सुरक्षा दिने रक्षाकवच बन्ने पक्का जस्तै देखिन्छ ।

हैन भने त यो राजसंस्था पुनस्थापना हुने त्रासले सताइएकाहरुलाई विषवमन गर्ने एक अवसरभन्दा बढी हुने देखिदैन् । मरेको बाघ(इतिहास भैसकेको राजसंस्था)को जुँघा उखेलेर बहादुर बनेको भ्रम पाल्नेहरु पनि नेपाली समाजमा कम छैनन् ।

(स्रोतः बीबीसी नेपाली)

Share Now

Leave a comment.