काठमाडौं, ८ असोज । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको मंगलबार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसआबद्ध लोकतान्त्रिक प्यानल विजयी बनेको छ ।
संघको अध्यक्षमा लोकतान्त्रिक समूहका बिष्णु प्रसाद गैरेले ३ सय ३० मत ल्याउदैप्रगतिशील समूहका अध्यक्षका प्रत्यासी सरोजकुमार पोखरेललाई ४८ मतले पराजित गर्नुभएको छ ।
मंगलबार सम्पन्न २७ औं साधारण सभामा ६ सय २१ जनाले मतदान गरेका थिए ।
संघको प्रथम उपाध्यक्षमा ३ सय ८१ मतका साथ हिमारब ओभरसिज प्रा लिका संचालक कमल तामाङ्ग विजयी बन्नुभएको छ । द्धितीय उपाध्यक्षमा ३ सय २२ मतका साथ मेनपावर लिंक प्रा.लिका संचालक कमलदेव मल्ल विजयी बन्नुभएको छ भने तृतीय उपाध्यक्षमा एस.आर.के नेपाल प्रा.लिका संचालक किशोरकुमार के.सी ३ सय ६० मत सहित बिजयी बन्नुभएको छ ।
त्यस्तैगरि महासचिवमा एलाईन्स ह्यूमन रिसोर्स प्रा।लिका संचालक सुजित श्रेष्ठले ३ सय ८८ मत ल्याई प्रगतिशिलका प्रत्यासी रामचन्द्र गिरीलाई १ सय ६८ मतले पराजित गनुभएको छ। सचिवमा निलकमल ह्यूमन रिसोर्स प्रा.लिका सञ्चालक मेघनाथ भुर्तेल ३ सय ३३ र कोषाध्यक्षमा सी एस टी सिजन प्रा.लिका सञ्चालिका ईन्दिरा गुरुङ्ग ३ सय ६७ मत ल्याई बिजयी बन्नुभएको छ ।
संघको सदस्यमा लोकतान्त्रिक समूहबाट उम्मेदबार बन्नुभएका डाईनामिक स्टाफिङ सोलुसन प्रालिका कर्णराज कटुवाल, अल नासिर ओभरसिज प्रालिका दिनेशकुमार राय (राहुल), डस लिंक प्रा.लिका सुरेन्द्र अर्याल, ईम्पाईमेन्ट क्रियसन सर्भिस प्रा. लिका हर्कबहादुर लिम्बु, नेपाल रिक्रुमेन्ट कन्सल्टेन्सी प्रा. लिका बिजय लामा, ग्लोबल वेलफेयर एच. आर. सोलुसन प्रा.लिका बाबुलाल मगर नरेन्द्र, गुगल ओभरसिज सर्भिस प्रा. लिका केशवराज न्यौपाने, प्रेष्टिज एच. आर. सोलुसन प्रा.लिका छविलाल भटराई, जंगबाहादुर ईजमएलन ओभरसिज प्रा. लिका छविलाल भटराई, त्रिवेणी ओभरसिज प्रा.लिका लक्ष्मण पौडेल बिजयी हुनुभएको छ ।
संघका नवनिर्वाचित अध्यक्ष बिष्णुप्रसाद गैरेले व्यवसायीको हकहित र सुरक्षित वैदेशिक रोजगारका साथै नयाँ गन्तव्यको विस्तार आफ्नो कार्यकालको मूल एजेण्डा हुने बताउनुभयो । उहाँले देशको समृद्धिको भरपर्दो माध्यमको रुपमा देखिएको वैदेशिक रोजगारीलाई व्यवस्थित बनाएर लैजान सबै व्यवसायीलाई एकजुट बनाएर लैजान आफूले सतत् प्रयत्न गर्ने पनि बताउनुभएको छ ।



















