Prakash Adhikari September 28, 2019

सिंगापुरसिटी(सिंगापुर),११ असोज । नेपाल,जिम्बाबे र सिंगापुरबीच भैरहेको त्रिकोणीय टी २० प्रतियोगिता अन्तरगतको दोस्रो खेलमा नेपालले आयोजक राष्ट सिंगापुरलाई ९ विकेटले पराजित गरेको छ ।

सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य नेपाली टीमले १६ औं ओभरको अन्त्यमा २४ बल बाँकी रहदा १ विकेटको क्षतिमा १ सय ५४ रनको योगफल तयार पारेर पूरा गरेको थियो ।

नेपालका लागि कप्तान पारस खड्काले अविजित १ सय ६ रनको शतकीय पारी खेले भने आरिफ शेख ३९ रनमा अविजित रहे । ओपनर इशान पाण्डेले ५ रनको योगदान दिए ।

यस अगाडि टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले २० ओभरको निर्धारित खेलमा ३ विकेट गुमाउदै १ सय ५२ रन बनाएको थियो ।

सिंगापुरको लागि कप्तान टीएच डेभिडले अविजित ६४ रन, सी चन्द्रमोहनले ३५, जनप्रकाशले २५, मनप्रित सिंहले १५ र अमर रोहनले ६ रनको योगदान लिए ।

सिंगापुरलाई रोक्ने क्रममा नेपालका करन केसीले २ र सुसन भारीले १ विकेट लिए ।

Share Now

Leave a comment.