Prakash Adhikari September 28, 2019

काठमाडौं, ११ असोज । देश ब्यापी रूपमा संस्थागत हुदै गइरहेको भ्रष्टाचार नियन्त्रणमा नागरिक आवाज मुखरित गर्दै आएको नेपालका लागि नेपाली अभियानका एक अगुवा ज्ञानेन्द्र शाहीमाथि चितवनको भरतपुर नगरपालिका चौबिस कोठीमा आक्रमण भएको छ ।

गम्भीर घाइते भएका शाहीलाई चितवनको सामान्य उपचारपछि थप उपचारको लागि राजधानी ल्याइएको छ ।

अभियानले आज भरतपुरमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन अभियानका अन्य अगुवाहरु डा. सुरेन्द्र भण्डारीसहित ग्लोबल होटलबाट कार्यक्रम स्थल जाने क्रममा उहाँहरु सवार भ्यानमा आक्रण भएको हो ।

अधिकारको आवाज वुलन्द गर्दा फासीवादी भ्रष्टाचारी सरकारले नेपालका लागि नेपाली अभियानका अभियन्ता ज्ञानेन्द्र शाही लगायत अन्य तमाम अभियन्ता माथि आज मिती २०७६ असोज ११ गते चितवनमा शान्ति पुर्ण ढंङ्गले हुने भनिएको कार्यक्रम लाई संवोधन गर्न आउने क्रममा चितवनकै होटेल गलोवलमा साङ्घातिक रूपमा मर्णासन्न अवस्थामा अमानविय ढंगबाट घाईते बनाएको प्रति सचेत नेपाली जनता सजग हुदै उक्त निन्दनिय कार्य प्रति खेद प्रकट गर्दै घोर भर्सना गर्दछौ।

चितवन घट्नामा घाइते हुनु भएका सम्पुर्ण अभियन्ता हरूको सिघ्र स्वास्थ्य लाभको कामना। साथै उक्त घटनामा संलग्न अरिङ्गालर बाघनी हरूको यथासिघ्र घोजी कार्यलाई तदरूक्ता साथ अगाढी बढाई दोषी हरूको समुहलाइ कानुनी कठघरमा उभ्याई कडा भन्दा कडा कार्वाहिको मागका लागि नेपाल सरकार संग अनरोध गर्दछौं।

Share Now

Leave a comment.