काठमाडौं,८ कार्तिक । एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ३५००० अमेरिकी डलरको भारी जरिवाना गरेको छ । गोलनेपालका अनुसार एन्फाले यति धेरै रकम जरिवाना गरिएको यो इतिहास मै पहिलोपटक समेत हो ।
एएफसीका अनुसार एन्फाले एएफसी कपमा सहभागिता जनाउनका लागि क्लबहरुलाई त्रुटीपुर्ण रुपमा लाइसेन्स दिएको आरोप लगाएको छ । स्मरण रहोस, एन्फाले ९ नेपाली फुटबल क्लबहरुलाई एएफसी लाइसेन्स उपलब्ध गराएको थियो ।
https://www.facebook.com/goalnepalofficial/posts/3403571882994071
यद्यपि एएफसीले त्यो लाइसेन्स उपलब्ध गराउने कार्यलाई गलत बताएको छ । एएफसीका अनुसार जुन–जुन क्लबहरुले एएफसी लाइसेन्स प्राप्त गरेका थिए, उनीहरुले आवश्यक मापदण्ड पूरा गरेका थिएनन् ।
एएफसीका अनुसार एन्फाले एएफसी कप क्लब लाइसेन्सिङ नियमको आर्टिकल ४सी (ए) उल्लंघन गरेको भन्दै एन्फालाई ३५००० अमेरिकी डलर जरिवाना तिराउने निर्णय गरेको बताइएको छ ।