Prakash Adhikari November 7, 2019

 

कीर्तिपुर(काठमाडौं), २० कार्तिक । तीनवटा सिरिज र अन्य मैत्रीपूर्ण खेल का लागि नेपाल आएको इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब(एमसीसी)ले तीन दिवसीय क्रिकेट खेलको पहिलो दिन ३सय ११ रन बनाएको छ।

बुधबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको एमसीसीले पहिलो दिन ८७ ओभरमा ६ विकेट पतन हुँदा खराब मौसमका कारण खेल रोकियो।

टस जितेर बलिड. रोजको नेपालका लागि सोमपाल कामीले पहिलो विकेटको रुपमा वेली गोल्डम्यानलाई १० रनमा पभेलियन पठाए भने दोस्रो विकेटको रुपमा विल रोड्सलाई बोल्ड आउट गरे । विल रोड्स ७३ रन बनाएर आउट भएका हुन् । तेस्रो सफलता ४३ औं ओभरमा शरद भेषवाकरले ३९ रन बनाएका वेस्लेलाई पेभेलियन पठाएर हात पारे ।

शरदले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो सफलता दिलाएका थिए । उनले अर्धशतक बनाएका हामोण्डलाई ५२ रनमा आउट गरे ।

पाँचौं विकेटको रुपमा सन्दीप लामिछानेले १५ रन बनाएका इडी योङलाई आउट गरे । छैठौं विकेटका रूपमा सन्दीप लामिछानेले ५३ रन जोडेर क्रिजमा जमेका विल भान्डरस्पर ७१ औं ओभरमा पविलियनको बाटो देखाएका हुन् ।

खेलमा एमसीसीका यासिर अराफात ३५ र एलेक्सले २२ रनमा अविजित रहे ।

Share Now

Leave a comment.