Prakash Adhikari November 19, 2019

 

ओक्लोहोमा(संयुक्त राज्य अमेरिका),३ मंसिर । अमेरिकाको ओक्लोहोमा राज्यको डुकान शहरमा अवस्थित वालमार्टमा एक बन्दुकधारीले अन्धाधुन्ध गोलीचलाउदा सोमबार ३ जनाको ज्यान गएको छ ।

विहानको समयमा भएको घटनामा मृत्यू भएको र घाइतेहरुको संख्यावारे भने प्रहरीले केही खुलाएको छैन । डुकान प्रहरीले बन्दुकधारीलाई पक्राउ नगरेसम्म घरमै सुरक्षित रहन
स्थानीय सर्वसाधरणलाई सूचित गराएको छ ।

अमेरिकमा वन्दुककै कारण घटेको यो दुई दिनमा यो तेस्रो घटना हो । पछिल्लो समय वालमार्टमा गोली चलेको यो पॉचौ हो ।

आइतबारमात्र अमेरिकाको क्यालिफोर्नियामा भएको गोलीकाण्डमा परी कम्तीमा ४ जनाको मृत्यु भएको छ । लस एन्जलसदेखि ३५० किलोमिटर टाढा पर्ने फ्रेन्सोमा भएको सो घटनामा गोली लागेर अरु ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

पारिवारिक सदस्यहरु जम्मा भएको ठाउँमा एक व्यक्तिले आइतबार गोली प्रहार गरेको स्थानीय प्रहरी अधिकारीहरुले बताएका छन् । स्थानीय समय अनुसार आइतबार बेलुका ६ बजेतिर घटना भएको जनाइएको छ । घटना भएको बेला घटनास्थलमा ३५ जना रहेका थिए ।

उनीहरु फुटबल हेर्नका लागि सो ठाउँमा भेला भएको फ्रेन्सो प्रहरी विभागका उपप्रमुख मिचेल रिडले जानकारी दिनुभयो । प्रारम्भिक विवरण अनुसार अपरिचित व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । ती व्यक्तिको अहिलेसम्म पनि पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

Share Now

Leave a comment.