आबुधाबी(संयुक्त अरब इमिरेट्स), ६ मंसिर । संयुक्त अरब इमिरेट्सको आबुधाबीमा भैरहेको टी १० लिग क्रिकेट प्रतियोगितामा आज राती नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध कर्नाटका टस्कर्स र पूर्व कप्तान पारस खड्का आबद्ध टीम आबुधाबीबीच भिडन्त हुने भएको छ ।
खेल शुक्रबार राति नेपाली समय अनुसार पौने १० बजेदेखि शुरुहुने छ ।

आबुधाबी टी१० लिग अन्तर्गत सन्दीपले हालसम्म ५ खेलमा ६ विकेट लिईसकेका छन्।
यस क्रममा उनले पहिलो खेलमा दिल्ली बुल्स बिरुद्ध १९ रन खर्चेर १ विकेट लिए । बाङ्ग्ला टाइगर्स बिरुद्ध ९ रन खर्चेर २ विकेट लिए । डेक्कन ग्ल्याडीएटर्स बिरुद्ध ३५ रन खर्चदा पनि विकेटविहिन हुनुपर्यो भने मराठा अरबीयन्स बिरुद्ध २५ रन खर्चेर १ विकेट लिए।बिहिबार कलन्दर्सविरुद्ध भएको खेलमा उनले ३० रन खर्चेर २ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत अर्का नेपाली खेलाडी पारस खड्काले हालसम्म दुई खेलमामात्र आफ्नो उपस्थिति जनाउन पाएका छन् । सुरुका दुई खेलमा अन्तिममा मैदानमा उतारिएका नेपालका पूर्व कप्तान पारस खड््काले चमत्कार देखाउन नसकेपनि खेलमा टिकेर अविजित रहन सफल भएका छन् । उनी आबद्ध टीम आबुधाबीले पारस खड्कालाई पहिलो २ खेलमा मौका दिएपछि त्यसपछि लगातार ३ खेलमा बेञ्चमा राखेको छ।
आज रातीको खेलमा पारसले मौका पाए सन्दीप लामिछाने भर्सेस पारस खड्काको खेल हेर्ने नेपाल फ्यानको चाहना पूरा हुनेछ।
दुवै खेलाडीमा एकर्काप्रति क्षमताको सम्मान र व्यक्तित्वको भने इश्र्यापूर्ण सम्बन्ध देखिन्छ ।




















