काठमाडौं, १२ मंसिर । विदेशमा गएर काम गर्न चाहनेहरुका लागि मलेसिया र कतारमा रोजगारीका अवसरहरु खुलेका छन् ।
वसुन्धारामा रहेको अल ताज इन्टरनेशल कम्पनीले मलेसियाका लागि ५० जना सुरक्षा गार्डको माग गरेको छ । मासिक रु ३० हजार देखि ५५ हजारसम्म पारिश्रमिक पाउने यी पदमा एसएलसी उत्तीर्ण योग्य उम्मेदवारहरुले आवेदन गर्न पाउनेछन् । फ्रि भिसा,फ्रि टिकट र खाने बस्ने सुविधा सहितको यो रोजगारीमा जान चाहनेले नेपालमा हुने मेडिकल खर्चभने आफै व्यहोर्नुपर्ने छ। २ बर्षको करार अवधि रहने यो रोजगारीमा रोजगारदाताले नै बीमा गर्ने बताइएको छ । कम्पनीले मंसिर १८ मा अन्तरवार्ता हुने जनाएको छ ।
यसै गरी जलजला रिक्रुटमेण्ट प्रा.लि.ले कतारमा ड्राइभर, म्यानेजर, ब्रिक म्यानसन, इञ्जिनियर, मजदूर, ब्ल्याकस्मिथ लगायतका २० पदमा कामदार चाहिएको जनाएको छ । न्यूनतम योग्यता एसएलसी पास उल्लेख भएको सो विज्ञापनमा पद अनुसार ६० हजारदेखि २ लाख ३५ हजारसम्म मासिक पारिश्रमिक हुने जनाइएको छ । फ्रि भिसा,फ्रि टिकट र खाने बस्ने सुविधा सहितको यो रोजगारीमा जान चाहनेले नेपालमा हुने मेडिकल खर्चभने आफै व्यहोर्नुपर्ने छ। २ बर्षको करार अवधि रहने यो रोजगारीमा रोजगारदाताले नै बीमा गर्ने बताइएको छ । यो रोजगारीमा जानेले रु १० हजार सेवा शुल्क तिर्नुपर्नेछ ।
यसै गरी अलसमिट म्यानपावर कम्पनीले कुवेतमा ५ जना सेक्युरिटी गार्डको कामदार चाहिएको जनाएको छ । न्यूनतम योग्यता एसएलसी पास उल्लेख भएको सो विज्ञापनमा रु ६२ हजारदेखि ८९ हजारसम्म मासिक पारिश्रमिक हुने जनाइएको छ । फ्रि भिसा,फ्रि टिकट र खाने बस्ने सुविधा सहितको यो रोजगारीमा जान चाहनेले नेपालमा हुने मेडिकल खर्चभने आफै व्यहोर्नुपर्ने छ। २ बर्षको करार अवधि रहने यो रोजगारीमा रोजगारदाताले नै बीमा गर्ने बताइएको छ । यो रोजगारीमा जानेले रु १० हजार सेवा शुल्क तिर्नुपर्नेछ ।कम्पनीले मंसिर १७ मा अन्तरवार्ता हुने जनाएको छ ।