Prakash Adhikari November 29, 2019

काठमाडौं, १३ मंसिर । दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटन पूर्व भएको पुरुष भलिबल प्रतियोगितामा शुक्रबार भएको खेलमा आयोजक मुलुक नेपालको टोली भारतसंग ३ ० को सोझो सेटमा पराजित भएको छ । भारतसंगको पराजयसंगै नेपाली पुरुष भलिबल टोलीको यात्रा टुंगिएको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित राखेप कर्भडहलमा भएको खेलमा समूहको अन्तिम खेलमा भारतसँग ३–० को सोझो सेटमा पराजित भएपछि नेपालको साग यात्रा सकिएको हो। खेलमा भारतले नेपाललाई २५१५, २५-१३, २५-१६ ले पराजित गर्‍यो ।

यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको थियो। समूह ‘ए’मा भारत विजेता र बंगलादेश समूह उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेका छन्।

Share Now

Leave a comment.