Prakash Adhikari December 4, 2019

काठमाडौं, १८ मंसिर । नेपालले १३ औं दशिण एसियाली खेलकुद अन्तरगत बुधबार भएका खेलमा दिउँसोसम्म ४ स्वर्ण थप गरी स्वर्णपदकको संख्या २७ पुर्याएको छ ।

कराँतेमा अनुपमाले जितिन स्वर्ण

साग अन्तरगत आज भएको महिला कराँतेको ६८ केजीमाथि तौल समूहमा नेपालकी अनुपमा मगरले स्वर्ण पदक जितेकी हुन्। उनले पाकिस्तानकी नर्गिसलाई ६–३ ले पराजित गरिन्।

उसुमा दीपकले दिलाए स्वर्ण

बुधबारै भएको उसुको पुरूष थाउलोतर्फ दीपक हमालले नेपाललाई स्वर्ण पदक दिलाएका छन् । भारतका साजन तामाङले रजत पदक जिते।

डाउनहिल साइक्लिङमा राजेश र निश्माले जिते स्वर्ण

बुधबार नैे भएको डाउनहिल साइक्लिङमा नेपालले दुईजटा स्वर्ण पदक जितेको छ। गोकर्णस्थित सहिद पार्कमा बुधबार डाउनहिलतर्फ नेपालले दुईवटा स्वर्ण पदक जितेको हो।

पुरुष इभेन्टतर्फ नेपालका राजेश मगर र महिला इभेन्टतर्फ निश्मा श्रेष्ठले स्वर्ण पदक जितेका हुन्।

राजेशले १ किलोमिटरको दूरी १ मिनेट ४९.३३३ सेकेण्डमा पुरा गरे। यस इभेन्टको रजत र कास्य पदक पनि नेपालकै निरभ श्रेष्ठ र प्राचित थापाले जितेका छन्। निरभले १ मिनेट ५०.०८० सेकेण्डको समय निकाल्दै रजत जिते भने प्राचितले १ मिनेट ५१.६६१ सेकेण्डको समय निकालेर रजत जिते।

महिला इभेन्टतर्फ निश्माले २ मिनेट २२.४५१ सेकेण्डको समय निकालेर स्वर्ण पदक पक्का गरिन्। महिलातर्फ नेपालकै जमुना थापाले २ मिनेट ४१.५५१ सेकेण्डको समय निकाले रजत पदक जितिन्। भारतकी यशोधारा मधुकरले ३ मिनेट ३७.२३८ सेकेण्डको समय निकालेर कास्य पदक पक्का गरिन्।

बुधबारका खेलहरु

क्रिकेटमा नेपाली महिला टीमको भिडन्त बुधबार बंगलादेशसंग भएको छ ।

१३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत बुधबार एथ्लेटिक्सको ५ हजार मिटरको महिला र पुरुषको प्रतिस्पर्धा हुनेछ।

यसैगरी महिला र पुरुष हाइजम्प, ११० मिटर हडल्स पनि  बुधबार नै हुनेछ।

जगडोलमा साइक्लिङमा डाउन हिलको स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।

साँझ ५ बजे दशरथ रंगशालामा नेपाल र श्रीलंकाबीच फुटबलको प्रतिस्पर्धा हुनेछ।

कबड्डीको प्रतिस्पर्धा पनि बुधबार नै हुनेछ।

करातेमा ४ स्वर्ण  प्रतिस्पर्धासँगै करातेको प्रतिस्पर्धा सकिनेछ।

तेक्वान्दोमा पनि ६ स्वर्णका लागि भिडन्त हुनेछ।

उसुमा २ स्वर्णका लागि प्रतिस्पर्धा हुने तय छ।

टेनिस, टेवल टेनिस र सुटिङको प्रतिस्पर्धा बुधबार पनि जारी रहनेछन्।

 

Share Now

Leave a comment.