काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको ४३औँ वार्षिक साधारणले विभूतिचन्द ठाकुरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयनगरेको छ । पाटाको प्रथम उपाध्यक्षमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, द्वितीय उपाध्यक्ष टङ्कनिधि दाहाल (नेपाल वायुसेवा निगम), महासचिव शिवप्रसाद ढकाल (रोयल माउन्टेन ट्राभल) र कोषाध्यक्ष खेम लकाई (गेट कलेज) रहेका छन ।
कार्यसमितिमा चार पदेन सदस्य क्रमशः डण्डुराज घिमिरे (महानिर्देशक, पर्यटन विभाग), राजन पोखरेल (महानिर्देशक, नागरिक उड्डयन प्राधिकरण), कृष्णगोपाल जोशी (नेपाल वायुसेवा निगम) र श्रद्धा क्षेष्ठ (नेपाल पर्यटन बोर्ड) चुनिएका छन । सदस्यमा पर्यटन व्यवसायीहरु नरेन्द्रदेव भट्ट, अब्दुल्ला टन्सर केससी, रित्तल राना, टासी गुरुङ, मन्जनी श्रेष्ठ, टीकाराम सापकोटा र राम बाराकोटी चयन हुनुभएको छ । पाटा नेपालको कार्यसमितिमा लाक्पाफुटी शेर्पा, सुनीलकुमार भुसाल, लीला भण्डारी, सञ्जयभक्त माथेमा, पृथ्वी श्रेष्ठ र कुलप्रसाद सुवेदीसहित वैकल्पिक पदाधिकारी तथा सदस्यसमेत चयन गरेको छ ।
पर्यटन क्षेत्रमा योगदान गरेको भन्दै पाटाले वरिष्ठ पर्यटन व्यवसायी रवीन्द्रराज पाण्डेलाई “पाटा पर्सनालिटी अफ द इयर २०१९” अवार्डद्वारा सम्मान गरेको छ । त्यसैगरी पाटा नेपालले आफ्ना सदस्य शैक्षिक संस्थामा स्थापित स्टुडेन्ट च्याप्टरहरुमध्ये मिड भ्याली इन्टरनेश्नल कलेजलाई “वेष्ट स्टुडेन्ट च्याप्टर अफ द एयर २०१९” पुरस्कारसमेत प्रदान गरेको छ । साथै पाटा सचिवालयमा २३ वर्षे लामो सेवा पु¥याएर अवकाश लिएकी कर्मचारी मिना खड्का र पाटन नेपाल स्टुडेन्ट च्याप्टरमा आबद्ध विद्यार्थी सगरमाथा आरोही निसाभोटेलाई समेत सम्मान गरेको पाटाले जनाएको छ ।


















