Prakash Adhikari January 2, 2020

 

इटहरी(सुनसरी), १७ पौष । नेपाल प्रेस युनियनका पूर्वउपाध्यक्ष याम प्रधानको ५३ वर्षको उमेरमा निधन भएको छ ।
बिहीबार बिहान साढे ३ बजे इटहरी ९ भोजपुरे टोलस्थित निवासमा उहाँको निधन भएको हो ।

नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वसभापति रहिसक्नुभएका प्रधान बिभिन्न स्वास्थ्य समस्याबाट गुज्रिनुभएको थियोे ।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले बिहीबार शोक विज्ञप्ति जारी गरी प्रधानप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

Share Now

Leave a comment.