मेलबर्न(अष्ट्रेलिया), १९ पौष । नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार आज मेलबर्न रिनिगेड्ससंग घरेलु मैदानमा भिड्दै छ ।
अघिल्लो खेलमा चोटका कारण बिश्राम लिन पुगेको सन्दीप आजको खेलमा ११ खेलाडी भित्र परेका छन् ।
खेलमा टस जितेको सन्दीपको मेलबर्न स्टारले पहिले फिल्डिड. रोजेको छ ।
खेलमा मेलबर्न स्टारका कुर्टियर नाइलले पहिलो विकेट लिएका छन् । उनले दोस्रो ओभरको चौथो बलमा साम हार्परलाई १२ रनमा आउट गरे ।
अहिले पाँचौ ओभरको चौथो बलसम्म मेलबर्न रिनिगेड्सले एक विकेटको क्षतिमा ३० रन जोडेको छ ।
यस अगाडि सम्पन्न भैसकेका ५ । ५ खेलमा ४ वटामा जित र एकमा हार ब्यहोरेको सन्दीपको मेलबर्न स्टार ८ अकसहित अंक तालिकाको शीर्षमा रहेको छ ।
स्टारसंग भिडिरहेको रिनेगेड्सले हालसम्म एक जित पनि हासिल गर्न सकेको छैन , ऊ अंक तालिकाको पुछारमा रहेको छ ।


















