Prakash Adhikari January 4, 2020

 

मेलबर्न(अष्ट्रेलिया), १९ पौष । नेपाली क्रिकेट स्टार सन्दीप लामिछानले विग ब्यास लिगको शनिवार भएको खेलमा ३ विकेट लिने सफलता पाएका छन् ।

चार ओभर बलिड. गरेका उनले २६ रन खर्चैर ३ विकेट लिने सफलता पाएका हुन् । यस अगाडि चोटका कारण एक खेल गुमाएका उनी एक खेलमा विकेट विहिन बनेका थिए भने त्यस अगाडिका ३ खेलमा एक एक विकेट लिएका थिए ।

मेलबर्नमा भएको शनिवारको खेलमा मेलबर्नले टस जितेर फिल्डिड. रोजेको थिए ।

https://www.facebook.com/MelbourneStars/videos/932887610446400/

मेलबर्न स्टारको लागि सातौ ओभरमा पहिलो स्पेल लिएर मैदानमा उत्रिएका सन्दीपले सो ओभरका पहिलो, दोस्रो र चौथो बलमा एक एक रन दिए । तेस्रो र पाँचौमा रन लिन दिएनन् । छैठौैंमा सौना मार्सले चौकाले स्वागत गरे ।

नवौं ओभरमा दोस्रो स्पेल लिएर उत्रेका सन्दीपले सो ओभरको पहिलोमा र्२ रन, दोस्रो बलमा १ रन, तेस्रोमा चौका, चौथौमा १, पाँचौमा ३ र छैठौं बलमा १ रन बनाउन दिए ।

दुई ओभरमा १९ रन दिंदा पनि कुनै विकेट लिने सफलता नपाइरहेका सन्दीपलाई क्याप्टेन ग्लेन म्याक्सवेलले १५ औं ओभरमा पनि मैदानमा उतारे । ओभरको पहिलो र दोस्रो बलमा एक एक रन दिएका सन्दीपले तेस्रो बलमा ४३ रन बनाएर अर्धशतक ताकिरहेका शौन मार्शलाई आउट गरे । चौथो बलमा १ रन दिएका नेपाली क्रिकेट स्टार सन्दीपले पाँचौ बलमा क्रिश्चियनलाई एक रन लिन नपाउदै पेभिलियन फर्काइदिए । १५ औं ओभरको छैठौं बलमा १ रन बनाउन दिए ।

कप्तान ग्लेन म्याक्सवेलले सन्दीपलाई १७ औं ओभरमा पनि मैदानमा उत्रने मौका दिए । आफ्नो अन्तिम स्पेलमा पहिला ३ बलमा एक एक रन दिए । त्यसपछिका दुई बलमा कुनै रन लिन दिएनन् । चौथो स्पेलको अन्तिम बलमा उनले टम कुपरलाई ३ बलमा आउट गरिदिए ।

टस हारेर ब्याटिड.को निम्तो पाएको मेलबर्न रिनेगेड्सले ९ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो ।

Melbourne Renegades: Sam Harper (wk), Aaron Finch (capt.), Shaun Marsh, Beau Webster, Tom Cooper, Daniel Christian, Will Sutherland, Cameron Boyce, Tom Andrews, Kane Richardson, Richard Gleeson

Melbourne Stars: Nic Maddinson, Marcus Stoinis, Nick Larkin, Glenn Maxwell (capt.), Peter Handscomb (wk), Ben Dunk, Nathan Coulter-Nile, Adam Zampa, Daniel Worrall, Dale Steyn, Sandeep Lamichhane

मेलबर्न रिनेगेड्सका तर्फबाट शौन मार्सले ४३, बेउ वेभस्टर्सले २९, क्याप्टेन अरुन फिन्चले २५, विल सुथरल्याण्डले १६, शाम हार्परले १२, टम कुपर र टम एण्ड्यूले ३ । ३ तथा काने रिचर्डसनले १ रनको योगदान दिए ।

 

मेलबर्न रिनेगेड्सलाई रोक्ने क्रममा सन्दीपले ३, डेल स्टेलिन र आदम जम्पाले २ ।२ र कुर्टियर नाइलले १ विकेट लिए ।

अघिल्लो खेलमा चोटका कारण बिश्राम लिन पुगेको सन्दीप आजको खेलमा ११ खेलाडी भित्र परे  ।

यस अगाडि सम्पन्न भैसकेका ५ । ५ खेलमा ४ वटामा जित र एकमा हार ब्यहोरेको सन्दीपको मेलबर्न स्टार ८ अकसहित अंक तालिकाको शीर्षमा रहेको छ ।

स्टारसंग भिडिरहेको रिनेगेड्सले हालसम्म एक जित पनि हासिल गर्न सकेको छैन , ऊ अंक तालिकाको पुछारमा रहेको छ ।

Share Now

Leave a comment.