Prakash Adhikari January 5, 2020

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), २० पौष(बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यदि तेहरानले अमेरिकी नागरिक वा सम्पत्तिमाथि फेरि आक्रमण गरे इरानका ५२ वटा स्थानलाई तत्काल निसाना बनाएर कडा प्रत्युत्तर दिने चेतावनी दिएका छन्।

 

इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको बग्दादमा शुक्रवार भएको अमेरिकी ड्रोन आक्रमणमा मृत्यु भएपछि ट्रम्पको त्यस्तो भनाइ आएको हो।

 

इरानले सुलेमानीको हत्याको प्रतिशोध लिने उद्घोष गरिसकेको छ।

 

शनिवार बग्दादमा सुलेमानीको शवयात्रामा हजारौँ मानिस सहभागी भएका थिए। त्यसको केही बेरपछि शवयात्रा गरिएको क्षेत्रमा केही विस्फोटहरू भएका थिए।

 

बग्दादस्थित ग्रीन जोनमा अमेरिकी दूतावासनजिकै एउटा क्षेप्यास्त्र खसेको थियो। अमेरिकी सैनिकहरू बस्ने ठाउँ भएको राजधानीको उत्तरी क्षेत्रमा पनि क्षेप्यास्त्र आक्रमण भएको थियो। तर ती घटनामा कोही घाइते नभएको इराकी सुरक्षास्रोतहरूले बताएका छन्।

ती आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन। तर इरानपक्षधर लडाकुहरूलाई त्यसको दोष लगाइएको छ।

 

ट्रम्पले अमेरिकी पक्षमाथि आक्रमण भए अमेरिकाले “इरानका ५२ वटा स्थानलाई निसाना बनाउने” र त्यो “धेरै छिटो र धेरै कडा” हुने सामाजिक सञ्जाल ट्विटरमा लेखेका हुन्।

 

प्रतिक्रिया

सुलेमानी इरानको मध्यपूर्व मामिलाका मुख्य शिल्पी थिए। इरानले उनको हत्याको ‘कडा बदला’ लिने प्रतिज्ञा गरेको थियो।

 

इरानले ‘केही अमेरिकी ठाउँलाई निसाना बनाउने कुरा चर्को रूपमा गरेको’ भन्दै ट्रम्पले अमेरिकालाई इरानी धम्की मन नपरेको सङ्केत गर्दै कडा प्रतिक्रिया व्यक्त गरेका हुन्।

 

“अमेरिकालाई थप धम्की चाहिँदैन,” उनले लेखे।

 

सुलेमानी र इरानको समर्थनप्राप्त कताइब हेज्बुलाका नेता अबु महदी अल-मुहन्दिसको शवयात्रामा हजारौँ मानिस सहभागी भएका थिए

कासिम सुलेमानी र इरानको समर्थनप्राप्त कताइब हेज्बुलाका नेता अबु महदी अल-मुहन्दिसको शवयात्रामा हजारौँ मानिस सहभागी भएका थिए

सुलेमानीको हत्याको विरोधमा दशौँ हजार इरानीहरूले तेहरान र अन्य सहरमा प्रदर्शन गरेका छन्।

सुलेमानीको हत्याको विरोधमा दशौँ हजार इरानीहरूले तेहरान र अन्य सहरमा प्रदर्शन गरेका छन्।

उनका अनुसार अमेरिकाले पहिचान गरेका इरानका ५२ ठाउँमध्ये केही इरान र इरानी संस्कृतिका लागि महत्त्वपूर्ण ‍छन्।

 

सन् १९७९ मा इरानस्थित अमेरिकी दूतावासबाट ५२ अमेरिकी नागरिकलाई बन्दी बनाइएको प्रसङ्ग उल्लेख गर्दै ट्रम्पले अहिले अमेरिकी निसानामा रहेका इरानका ५२ स्थानले तिनको प्रतिनिधित्व गर्ने बताए।

अमेरिका-इरान सम्बन्ध किन तीतो?

ट्रम्पले इरानलाई चेतावनी दिँदै ट्वीट गरेको केही बेरमै एउटा अमेरिकी सरकारी वेबसाइट ह्याक भएको पाइएको छ।

 

‘इरान साइबर सिक्युरिटी ग्रूप ह्याकर्स’ नामक समूहले त्यसको जिम्मेवारी लिएको छ।

 

ह्याक भएको अमेरिकाको सङ्घीय डिपोजिटरी लाइब्रेरी प्रोग्र्यामको वेबसाइटमा लेखिएको छ: “यो इस्लामिक गणतन्त्र इरानको सन्देश हो।”

बग्दादको अन्तर्राष्ट्रिय विमानस्थलबाहिर एउटा कारमा भएको अमेरिकी आक्रमणमा सुलेमानीको मृत्यु भएको हो

 

बग्दादको अन्तर्राष्ट्रिय विमानस्थलबाहिर एउटा कारमा भएको अमेरिकी आक्रमणमा सुलेमानीको मृत्यु भएको हो

उक्त वेबसाइटमा राष्ट्रपति ट्रम्पको बिगारिएको तस्बिर राखिएको छ जसमा उनलाई अनुहारमा हानिएको र मुखबाट रगत आएको देखिन्छ।

 

“यो इरानको साइबर क्षमताको एउटा पाटो मात्र हो!” ह्याकरहरूले लेखेका छन्।

 

कासिम सुलेमानी को थिए?

बयसट्ठी वर्षीय सुलेमानीलाई इरानका सर्वोच्च नेता आयतूला अली खामनेईपछि दोस्रा शक्तिशाली व्यक्ति मानिन्थ्यो।

 

सुलेमानीको नेतृत्वमा रहेको कूड्स फोर्सलाई इरानको रेभलूशनरी गार्ड्सको उच्चतम एकाइ मानिन्छ।

 

सुलेमानीले सर्वोच्च नेताबाहेक अरू कसको आदेश मान्नुपर्दैनथ्यो। उनलाई इरानमा राष्ट्रिय नायकका रूपमा लिइन्थ्यो।

जनरल कासिम सुलेमानी

जनरल कासिम सुलेमानी

उनले मृत्युपर्यन्त २१ वर्ष कूड्स फोर्सको नेतृत्व गरे।

 

उनको कार्यकालमा इरानले हेज्बुलालाई बलियो बनायो र लेबननमा आफूलाई समर्थन गर्ने लडाकु समूहको सङ्गठन विस्तार गर्न सघायो।

 

सुलेमानीलाई इराक र सिरियामा इरानको सैन्य उपस्थिति बढाएको र सिरियाको लामो गृहयुद्धमा लडाकु समूहविरुद्ध कारबाहीको योजना कार्यान्वयनमा ल्याएको श्रेय दिइन्छ।

सुलेमानीकी एउटी छोरीले आफ्ना बुवाको मृत्युको बदला कहिले लिने भनी इरानका सर्वोच्च नेतालाई सोधेको बताइएको छ

सुलेमानीकी एउटी छोरीले आफ्ना बुवाको मृत्युको बदला कहिले लिने भनी इरानका सर्वोच्च नेतालाई सोधेको बताइएको छ

सम्बन्धित सामग्री

 

Share Now

Leave a comment.