Prakash Adhikari January 14, 2020

नयाँ दिल्ली (भारत), २९ पौष । नेपालका लागि नयाँ भारतीय राजदूत विनय मोहन क्‍वात्रा नियुक्त हुनुभएको छ।

भारतको मन्त्रिपरिषद्ले सोमबार उहाँलाई नेपालका लागि राजदूतमा नियुक्त गर्ने निर्णय गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारीले ‘नयाँ राजदूतका लागि नाम प्राप्त भइसकेको बताएका छन् ।

३० वर्ष भारतीय विदेश सेवामा कार्यरत विनय यसअघि फ्रान्सको राजदूत हुनुहुन्थ्यो।

अघिल्लो महिना भारतीय राजदूत मञ्जिवसिंह पुरीको कार्यकाल सकिएपछि भारतले नेपालमा नयाँ राजदूत पठाउन लागेको हो।

विनयले भारतको प्रधानमन्त्री कार्यालयमा पनि सचिवका रुपमा काम गर्नुभएको थियो। उहाँले आगामी फेब्रुअरीबाट कार्यकाल सम्हाल्नु हुनेछ।

नेपाल र भारत सम्बन्ध पश्चिम नेपालको सीमा विवाद र अन्य समस्यामा बल्झिरहेको बेला कार्यभार सम्हाल्नु हुने विनयले नेपाल भारत सम्बन्ध कतिको सुमधुर बनाउन सक्नुहुन्छ, त्यसले नै नेपाल र भारतको सरकार र जनस्तरको सम्बन्धलाई अगाडि बढाउन मद्दत पुर्याउने छ ।

Share Now

Leave a comment.