सिड्नी(अष्ट्रेलिया), ६ माघ । अष्ट्रेलियाको चर्चित घरेलु गित बिग ब्यास लिगमा मेलबर्न स्टारबाट खेलिरहेका नेपाली क्रिकेट स्टार सन्दीपले टिमको १२ औं खेलमा दुई विकेट लिने सफलता पाएका छन् ।
अष्ट्रेलियाको सिड्नीमा भएको सोमबारको खेलमा घरेलु टिम सिड्नी सिक्सर्सविरुद्धको खेलमा ३ ओभर बलिड. गर्दै उनले २ विकेट हात पारेका हुन् ।
खेल ३.१ ओभरमा पुग्दा वर्षाले प्रभावित गरेपछि १४ ओभरमा झारिएको खेलमा ३ ओभर बलिड. गर्ने अवसर पाएका नेपाली लेगस्पिनर सन्दीपले मेलवर्नका लागि सुरुमै २ विकेट लिने सफलता पाएका थिए ।
पाँचौ ओभरमा पहिलो स्पेल लिएर आएका सन्दीपले ओभरको चौथो र छैठौं बलमा विकेट लिएका थिए ।
पहिलो, दोस्रो र पाँचौ बलमा एक एक रन दिएका सन्दीपले तेस्रो बल डट खेलेका थिए । उनले चौथो बलमा डेनियल ह्युग्सलाई आउट गरेका थिए । डेनियल १४ रन बनाएर पेभेलियन फर्किए । अन्तिम बलमा सन्दीपले जोस फिलिपलाई आउट गरेका थिए । उनी १० रन बनाएर आउट भए ।
सन्दीपले आफ्नो स्पेलको पहिलो बलमा दुवै ओपनरको विकेट लिएका हुन् । सन्दीपले पहिलो ओभरमा ३ रन दिएर २ विकेट लिएका हुन् ।
सातौ ओभरमा दोस्रो स्पेल लिएर आएका सन्दीपले यो ओभरमा एक छक्काको सामना गर्नुपर्यो । उनले पहिलो र दोस्रो बलमा एक एक रन दिए । तेस्रो बल डट फालेका सन्दीपले चौथो बलमा छक्काको सामना गर्नु पर्यो । पाँचौ बलमा १ रन दिएका सन्दीपले ओभरको अन्तिम बलमा २ रन दिए । दोस्रोे स्पेलमा उनले ११ रन दिए ।
दुई विकेट लिएर कसिलो बलिड. गरिरहेका सन्दीपलाई क्याप्टने ग्लेन म्याक्सवेलले ओभर घटाएर १४ ओभरमा सीमित गरिएको खेलमा पनि तेस्रो ओभर खेल्ने अवसर दिए ।
तर यो ओभरमा सन्दीपको बलिड. केही कमजोर रह्यो । यो ओभरमा उनलाई सिड्नी सिक्सर्सले छक्का र चौकाले स्वागत गर्यो । पहिलो बलमा छक्काको सामना गरका सन्दीपले दोस्रोमा चौका र चौथो र पाँचौमा छक्काको सामना गर्नु पर्यो । तेस्रो र ओभरको अन्तिम बलमा भने उनले एक एक रन बनाउन दिए ।
यसरी समग्रमा सन्दीपलाई समग्रमा ३ ओभरमा ३८ रन दिएर २ विकेट लिने सफलता प्राप्त भयो ।
घरेलु मैदानमा भएको खेलमा टस हारेर ब्याटिड. गरेको सिड्नीले बर्षाको कारण १४ ओभरमा सीमित गरिएको खेलमा ४ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो ।
१ सय ४४ रनको लक्ष्य पाएको सन्दीपको मेलबर्न स्टार्सले बर्षाको कारण १४ ओभरमा छोट्याइएको खेलमा ५ विकेटको क्षतिमा जम्मा १ सय २५ रन बनाउदै १८ रनले पराजित हुन पुग्यो ।
मेलबर्नका लागि मार्कस स्टोइनिस ६२, हिल्टन कार्टराइट २१, निक म्याडिसन १६,क्याप्टेन ग्लेन म्याक्सवेल १२, निक लार्किन र सेव गोच ३।३ र जोनाथन मर्लोले २ रन जोडे ।
मेलबर्नलाई रोक्ने क्रममा सिड्नी सिक्सर्सका टम कुरान र वेन द्धारस्वीसले २ । २ तथा नाथन लियनले १ विकेट लिए ।
यस अगाडि टस हारेर ब्याटिड. गरेको सिड्नी सिक्सर्सले बर्षाको कारण १४ ओभरमा सीमित गरिएको खेलमा ४ विकेट गुमाउदै १ सय ४३ रनको योगफल तयार पारेको थियो ।
सिड्नीका लागि मोइस हेनरिकले ७२, जेम्स् भिन्सले ४१, डानियल हग्सले १४, जोश फिलिपले १० र टम कुरानले २ रनको योगफल तयार पारेका थिए ।
सिड्नीलाई रोक्ने क्रममा मेलबर्नका सन्दीप लामिछानेले २ तथा डानियल वारेलले १ विकेट लिएका थिए ।
विभिन्न ८ टीम सम्मिलित बीबीएलको १२ औं खेल खेलेका मेलबर्न र सिड्नी पहिलो र दोस्रो स्थानमा रहेका छन् । सन्दीप आबद्ध मेलबर्न १२ खेलमा १० मा जित र २ हार सहित २० अंकको साथ अंक तालिकाको शीर्षमा छ भने यो जितपछि १२ खेलमा ७ वटामा जीत एकमा अंक बाडेर लिंदै सिड्नी १४ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा आइपुगेको छ । उसले ४ हार ब्यहोरेको छ ।








