Prakash Adhikari January 28, 2020

वेइजिड.(चीन), १४ माघ(बीबीसी) । चिनियाँ अधिकारीहरूले कोरोनाभाइरसका कारण १०६ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनीहरूका अनुसार सङ्क्रमित व्यक्तिको सङख्या दुईगुनाले बढेको छ।

सोमवारसम्म २,८३५ व्यक्ति उक्त भाइरसबाट पीडित भएको तथ्याङ्क थियो। तर मङ्गलवार कम्तीमा ४,५१५ जनामा कोरोनोभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।

उक्त भाइरस रोकथाम गर्ने प्रयासमा केही सहरमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ भने सार्वजनिक स्थलमा अनिवार्य रूपमा मास्क लगाउनुपर्ने नियम लागु गरिएको छ।

वुहान तथा हुबे प्रान्तका अधिकांश स्थान सुनसान देखिन्छन्।

हुबे प्रान्तको वुहान सहरबाट उक्त भाइरस फैलिएर अहिले अन्यत्र पुगिसकेको छ।

कोरोनाभाइरस फैलिएको हुबे प्रान्त सुनसान देखिन्छ

Presentational white space

चीनका केही मुख्य सहरमा सार्वजनिक यातायात बन्द गरिएको छ र नयाँ वर्षको बिदा तीन दिन थपिएको छ।

अमेरिकाले आफ्ना नागरिकहरूलाई आफ्नो चीन यात्राबारे पुर्नविचार गर्न र हुबे प्रान्तमा यात्रा नगर्न सुझाव दिएको छ।

अन्य थुप्रै देशले चीनमा यात्रा नगर्न सुझाव दिनुका साथै त्यहाँ फसेका आफ्ना नागरिकलाई फिर्ता ल्याउन योजना बनाएका छन्।

चीनभन्दा बाहिर भने अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन।

कहाँकहाँ फैलिएको छ?
कोरोनाभाइरस चीनबाट अन्यत्र पनि फैलिसकेको छ। कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्ति एशिया, अस्ट्रेलिया, युरोप तथा अमेरिकामा पनि भेटिएका छन्।

कोरोनाभाइरस
तर प्रभावित व्यक्तिको सङ्ख्या कम छ।

मङ्गलवारसम्म चीनबाहेक १६ देशमा ४७ व्यक्ति सङ्क्रमित भएको पुष्टि भएको छ।

  • थाईल्यान्ड: ८
  • अमेरिका, अस्ट्रेलिया, सिङ्गापुर, ताइवान: ५/५
  • मलेशिया, दक्षिण कोरिया, जापान: ४/४
  • फ्रान्स: ३/३
  • भियतनाम: २
  • नेपाल, क्यानडा, क्याम्बोडिया, श्रीलङ्का,, जर्मनी : १/१

सङ्क्रमित सबैजसो व्यक्ति वुहानबाट फर्किएको बताइएको छ।

के हो कोरोनाभाइरस ?

कोरोनाभाइरस रुघाखोकी लगाउने भाइरसहरूको परिवारको एउटा सदस्य हो।

तर अहिले फैलिएको यो भाइरस पहिला देखिएको थिएन। त्यसैले यो नयाँ भाइरसलाई 2019-nCov नामकरण गरिएको छ।

कोरोनाभाइरस

अन्य पशुपक्षीबाट सरेपछि नयाँ भाइरसहरू मानिसमा सामान्य बन्छन्।

चमेरोबाट बिरालोजस्तो देखिने सिभिट र त्यसपछि मानिसमा भाइरस सरेपछि सन् २००३ मा श्वासप्रश्वासम्बन्धी रोग सार्सको प्रकोप फैलिएको थियो।


यो नयाँ भाइरसले पनि श्वासप्रश्वास प्रणालीमा गम्भीर खालको सङ्क्रमण गराउँछ।

ज्वरो आउनु, त्यसपछि सुक्खा खोकी लाग्नु र केही हप्तापछि सास फेर्न गाह्रो हुनु यो रोगका लक्षण हुन्। सङ्क्रमण भएका केही बिरामीलाई अस्पताल लगेर उपचार गर्नुपर्ने स्थिति उत्पन्न हुन्छ।

कोरोनाभाइरस

यो रोगको छुट्टै औषधि वा खोप छैन।

कोरोनाभाइरसको सङ्क्रमण भएका एकचौथाइ मानिसलाई मात्रै गम्भीर समस्या हुने बताइन्छ।

मृत्यु हुनेमा अधिकांश वृद्धावस्थाका वा स्वास्थ्यसम्बन्धी अन्य समस्या भएका व्यक्ति छन्।

चिनियाँ अधिकारीहरूले “वन्यजको अवैध कारोबार” गर्ने समुद्री खाद्यपदार्थको एउटा बजारबाट उक्त भाइरस फैलिएको आशङ्का व्यक्त गरेका छन्।

Share Now

Leave a comment.