काठमाडौं, १४ माघ । नेपाल पर्वतारोहण संघले फेब्रअरी महिनामाको सुरुमा चार महत्वपूर्ण कार्यक्रमहरु आयोजना गर्ने भएको छ ।
पर्वतारोहण संघले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरी यसको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष सन्तबीर लामा र महासचिव कुलबहादुर गुरुड.ले संघका आसन्न कार्यक्रम र नियमित कार्यक्रमहरुको बारेमा जानकारी दिनुभएको थियो ।
हुम्देमा आइस क्लाइम्बिड.
संघले फेब्रअरी १ देखि १० सम्म मनाड. जिल्लाको हुम्देमा दोस्रो वरफारोहण(आइस) पर्व आयोजना गर्दैछ । नेपाल क्लाइम्बिड. टिमसंगको संयुक्त आयोजनामा हुने यस कार्यक्रमको तयारीको लागि सहभागी र आयोजकहरुको एक समूह मनाड.तर्फ प्रस्थान गरिसकेको छ ।
गंगापूर्ण र अन्नपूर्ण हिमालबाट निसृत नदीका झरनाहरु हिउँदको चिसोमा जमेर वरफ बन्ने गर्दछन् । त्यही बरफ जमेका स्थानमा तलबाट माथि आइस क्लाइम्बिड. गरिन्छ । यस आइस क्लाइम्बिड.लाई पर्वको रुपमा विकास गर्ने क्रममा यस अवसरमा मैदानमा जमेको हिउँमा स्की प्रतियोगिता पनि हुने बताइएको छ ।
मनाड.को हुम्देलाई हिँउदमा पर्वतीय खेलको केन्द्र बनाउने उद्देश्यले यस बर्षदेखि धनुबाण लगायतका अन्य स्थानीय खेलहरु पनि समेटिने छन् भने स्थानीय सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिने छ ।
यस कार्यक्रममा सहभागी बन्नको लागि सहभागी,प्रतियोगी,निर्देशक,चिकित्सक,सञ्चारकर्मी र पथप्रदर्शकहरुसहित ४० जनाको टोली मंगलबार नै मनाड.को लागि प्रस्थान गरिसकेको छ ।
पार्क योंग सुक खुला वाल क्लाइम्बिड. प्रतियोगिता

नेपाल पर्वतारोहण संघले पार्क योंग सुक एक्सप्लोरेशन एण्ड कल्चर फाउण्डेशनसँगको सहकार्यमा फेब्रअरी १ र २ गते पासाड.ल्हामु स्पोर्टस् क्लाइमिड. सेन्टर धुम्बराहीमा सातौ पार्क योंग सुक आरोहण प्रतियोगिता आयोजना गर्दैछ । यो फाउण्डेशन कोरियाका पर्वतारोही पार्क योंग सुकको संझनामा स्थापना गरिएको हो । पहिलो दिन आरम्भिक प्रतियोगिता हुनेछ र त्यसमा राम्रो गर्नेहरुबीच उत्कृष्ट खेलाडी चयनका लागि दोस्रो दिन अर्को चरणको खेल हुनेछ ।
नेपाल पर्वतारोहण संघले प्रतियोगितामा शौखिन र पेशेवर आरोही गरी १ सयभन्दा बढी खेलाडीको सहभागिता रहने विश्वास गरेको छ ।
विश्व शान्ति पूजा पोखरामा

नेपाल पर्वतारोहण संघको आयोजनामा यही फेब्रअरी ३ देखि ५ सम्म पोखरा अन्तर्राष्ट्रिय विश्वशान्ति पूजा कार्यक्रम आयोजना हुने भएको छ ।
पोखराको रातो पैह्रेस्थित अन्तराष्ट्रिय पर्वतीय संग्राहलयको परिसरमा हुने यो पूजाको माध्यमबाट नेपालसहित विश्वमा शान्तिको सन्देश फैलने आपसी बन्धुत्व विकसित हुने र यसबाट पर्यटन क्षेत्रलाई पनि लाभ पुग्ने विश्वास पर्वतारोहण संघले लिएको छ ।
विश्वशान्ति पूजामा विद्याधर महायोगी श्रीधर राणा रिन्पोछे मूल गुरुको रुपमा सरिक हुनुहुनेछ । उहाँलाई पूजामा अन्य रिम्पोछे र लामाहरुले साथ दिनेछन । अन्तिम दिन मूल गुरु रिन्पोछेले वोड. दिने कार्यक्रम रहेको छ ।
नेपाल पर्वतारोहण संघले धर्म र संस्कृतिद्धारा पर्यटनको पुनरुत्थान गर्ने माध्यमको रुपमा विश्वशान्ति पूजालाई नियमित पर्यटकीय कार्यक्रमको रुपमा विकास गर्न खोजेको पनि छ ।
अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलय दिवस

नेपाल पर्वतारोहण संघले विश्व शान्ति पूजाको समापनको अवसरसगै अन्तर्राष्ट्रियपर्वतीय संग्राहलय दिवस पनि मनाउदै छ । पोखराको रातोपैह्रेमा रहेको यो संग्राहलय स्थापना भएको १७ बर्ष पुगेको छ ।
संग्राहलयको स्थापना दिवसको अवसरमा समानता,विविधता र समावेशिताको लागि अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलय विषयक प्रवचन कार्यक्रम पनि आयोजना गरिएको छ ।



















