Prakash Adhikari February 1, 2020

काठमाडौं, १७ माघ । प्रजातन्त्रको स्थापना र पुनस्थापनाको संघर्षमा आफ्नो जीवनको पर्वाह नगरी होमिएका अथक योद्धाहरुको सक्रियतामा स्थापना भएको नेपाल प्रजातन्त्र सेनानी संघको काठमाडौंको भेला सम्पन्न भएको छ ।

शहिद दिवसको उपलक्ष्यमा यही माघ १६ गते नेपाली कांग्रेस जिल्ला कार्यसमितिको कार्यालयमा सम्पन्न उक्त भेलाको नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभएको थियो ।


कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका पूर्व उपप्रधानमन्त्री सिंहले जनताको आधारभूत तथा मौलिक अधिकारको संरक्षण प्रजातन्त्रमा मात्र सुरक्षित हुने बताउदै कम्युनिष्टहरुको बहुमतको सरकारले अहिले जनताको अधिकार खोस्दै जनतालाई आतंकित गरिरहेको बताउनुभयो ।

उहाँले नेपालमा लोकतन्त्र र नेपाली कांग्रेस पर्यायको रुपमा रहेको उल्लेख गर्दै भन्नुभयो, अहिले पार्टीमा एकसाथ धेरै समस्याहरु देखिएका छन् । गत निर्वाचनपछि नेतृत्वले नैतिकताको ख्याल राखेको भए पार्टीको संगठन धेरै सुदृढ भैसकेको हुने थियो ।’

उहाँले भन्नुभयो ,’ लामो आन्तरिक विवाद र वहशपछि सहमतिमा पार्टीको १४ औं महाधिवेशनको मिति तय भएको छ । विधान अनुरुप सदस्यता नवीकरण तथा  सदस्या वितरणको काम  प्रारम्भ गर्छ । यस कार्यमा पार्टीका सवै स्थानीयपार्टी संगठन र भातृंस्था चनाखो भएर लाग्नु पर्छ  ।’

कम्युनिष्टहरुलाई निर्वाचनको माध्यमबाट विस्थापित गर्नका लागि सबल संगठनको विकल्प नरहेको बताउदै नेता सिंहले अगाडि भन्नुभयो, ‘पार्टी ढंगसंग चल्न नसकेको कारण काँग्रेसले सडक र संसद दुवै मोर्चाबाट सरकारले गरेका भ्रष्टाचार र प्रजातन्त्र विरूद्धका कदम रोक्न जोडदार भूमिका निर्वाह गर्न सकेको छैन ।’ उहाँले पार्टी नेतृत्वले सुरुदेखि सिंगो पार्टीलाई समेटेर लैजाने प्रयत्न नगरेर संगठन कमजोर पारेको आरोप पनि लगाउनुभयो ।


उहाँले पार्टीको स्थापनाकालदेखि नै राष्ट्रियता र प्रजातन्त्रको लागि जीवन उत्सर्ग गर्ने सहिदहरु र प्रजातन्त्रको स्थापना र रक्षार्थ जीवन उत्सर्ग गर्न चाहने सेनानीहरुको कारण नेपाली कांग्रेसले स्थापनाको सात दशक लामो गौरवमय इतिहास कायम गरेको पनि बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति काठमाडौंका सभापति कृष्णसबुज वानियाले विशेषअतिथिको आशनबाट भेलालाई संवोधन गर्दै काठमाडौं काँग्रेसले सबै भातृ तथा शुभेच्छुकसंस्थाको संगठन सुदृढ़ीकरण यथोचित सक्रियता बढाएको बताउनुभयो । उहाँले पार्टीको गिर्दो साखलाई रोकेर छविलाईमाथि उठाउन आउँदो महाधिवेशनमा पार्टीका सबै निकाय र भातृसंस्थाको सक्रिय भूमिका रहनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलले भेलालाई संवोधन गर्दैनेपाली काँग्रेसमा विगतको लामो प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्ने योद्धाहरूको समुचित कदर हुन नसकेकोमा दुस्ख व्यक्त गर्नु भयो ।

नेपाली काँग्रेसका नेता लोकेश ढकालले कार्यक्रममा वोल्दै पार्टीमा नीति, नारा र नेतृत्व तीनै विषय खराब भएकोले आउँदो १४ औं महाधिवेशनले तीनै विषय परिवर्तन गर्न अरिहार्य भएको बताउनुभयो । उहाँले यसो गर्न नसके काँग्रेसले देशको प्रजातान्त्रिक आन्दोलनमा देखिएका चुनौतीहरुको सामना गर्दैप्रजातन्त्रलाई सुदृढ़ वनाउन बीपीको विचार, गणेशमानको शाहस, किसुनजीको त्यागको भावना काँग्रेसको जीवनमा भर्नसक्ने बताउनुभयो ।

नेपाल प्रजातन्त्र सेनानी संघ, काठमाडौं जिल्ला कार्यसमितिका सभापति प्रजातन्त्रका सेनानी गोविन्दप्रसाद गजुरेलको सभापतित्वमा सम्पन्न भेलामा सेनानी संघका केन्द्रीय प्रवक्ता बालकृष्णदाहाल, संविधान सभा सदस्य दीपकप्रसाद कुँइकेल, नेपाल महिला संघ काठमाडौं जिल्ला सभापति विष्णुदेवी पुडासैनी, प्रजातन्त्र सेनानी कमल शर्मा राई, नेपाली काँग्रेस,जिल्ला कार्य समितिका सचिव शंकर मल्ल ठकुरी लगायतले भेलालाई संबोधन गर्नुभएको थियो ।

भेलाले गोविन्दप्रसाद गजुरेलको नेतृत्वमा नयाँ जिल्ला समितिको गठन गर्नुको साथै संघको आउँदो महाधिवेशनको प्रतिनिधिको निर्विरोध छनोट गरेको छ।

Share Now

Leave a comment.