Prakash Adhikari February 3, 2020

काठमाडौं, १९ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको दोस्रो बैठक विभिन्न ११ बुँदे प्रस्ताव पारित गर्दै आइतवार सकिएको छ।

राष्ट्रिय सभागृहमा पाँच दिनसम्म चलेको बैठकमा पार्टी एकीकरणदेखि हालसम्मका आन्तरिक विषय, राष्ट्रिय तथा अन्तराष्ट्रिय विषयहरुले प्रवेश पाएका थिए ।
बैठकले भारतले मिचेको ६० हजार हेक्टर भन्दा धेरै नेपाली भूमिदेखि, चीनमा फैलिएको कोरोना भाइरस र इरान–अमेरिकाबीचको द्वन्द्वले मध्यपूर्वमा देखिएको तनावबारे पनि प्रस्ताव पारित गरेको छ।

नेकपाको बैठकले भारतले २ नोभेम्बर २०१९ मा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर जारी गरेको राजनीतिक नक्सलाई अमान्य घोषित गरेको छ।

नेकपाले दार्चुला जिल्लास्थित ती तीनै क्षेत्र तथा नवलपरासीको सुस्ता पनि नेपाली भूभाग नै भएको जनाउँदै नेकपाले भारतबाट लिइएको एकपक्षीय निर्णय अमान्य हुने पनि घोषणा गरेको छ।

बैठकले इरान–अमेरिका तथा मध्यपूर्वका अन्य देशबीच देखिएको द्वन्द्वको वार्ताद्वारा समाधान हुनुपर्ने प्रस्ताव पारित गरेको छ।

मध्यपूर्वमा देखिएको तनावका कारण त्यहाँस्थित १० लाख भन्दा धेरै नेपाली प्रभावित हुनेतर्फ सरकारलाई सचेत गराउँदै नेकपाले सबैखाले कूटनीतिक पहल गर्न पनि बैठकले सरकारको ध्यानाकृष्ट गरेको छ।

नेकपाले चीनमा फैलिएको कोरोना भाइरसबारे पनि एक प्रस्ताव पारित गर्दै चीनको प्रयासमा बलियो साथ रहेको जनाएको छ। नोभल कोरोना भाइरस नियन्त्रणका लागि चीनले चालेको कदमको प्रशंसा गर्दै नेकपाले बुहानमा रहेका नेपालीको आपतकालिन उद्धार गर्न पनि सरकारलाई आग्रह गरेको छ।

बैठकबाट पारित ११ बुँदे प्रस्ताव

Share Now

Leave a comment.