Prakash Adhikari February 3, 2020

काठमाडौं, २० माघ । नेपाल, ओमान र संयुक्त राज्य अमेरिकीका क्रिकेट टीमको बीच हुने त्रिकोणात्मक श्रृखला खेल्न अमेरिकी टीम राजधानी काठमाडौं उत्रिएको छ ।
अमेरिकी टिम भारतको मुम्बईमा करिब १० दिनको बन्द प्रशिक्षण सकेर आइतबार राति करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो ।

मुम्बईमा प्रशिक्षण र तीन वटा अभ्यास खेल खेलेर अमेरिकी टिम प्रतियोगिताभन्दा ३ दिन अगाडि काठमाडौं पुगेको आएको हो ।

आइसीसी विश्वकप क्रिकेट लिग दुईको तालिकाको शीर्ष स्थानमा रहेको अमेरिकी टिमले मुम्बईमा खेलेको ३ अभ्यास खेलमा एकमा जित र दुईमा हार ब्यहोरेको थियो । उसले पहिलो खेलमा जित निकालेपछि त्यसपछिका लगातार दुई खेलमा हार भोगेको थियो ।

अमेरिकी टिमले सोमबार कीर्तिपुरमा अभ्यास गर्ने कार्यक्रम छ । यस्तै मंगलबार मुलपानी मैदानमा नेपालसँग अभ्यास खेल खेल्नेछ । अमेरीकाले लिग दुईको पहिलो खेलमा ओमानसँग खेल्नेछ ।

त्यसपछि उसले आफ्नो दोस्रो खेलमा शनिबार नेपालसँग खेल्नेछ ।

अमेरिकाले करिव १० बर्षपछि नेपाली भूमीको प्रतियोगिता खेल्दैछ । अन्तिम पटक सन् २०१० मा उसले आइसीसी विश्व क्रिकेट लिग डिभिजन पाँच खेलेको थियो । जसमा टिम उपविजेता बनेको थियो । सो बेला खेलेका टिमका कुनैपनि खेलाडी अहिले छैनन् ।

खेल यही फेब्रुअरी ५ देखि १२ तारिखसम्म त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा आयोजना हुँदैछ ।

Share Now

Leave a comment.