काठमाडौं, २१ माघ । नेपालका व्यवस्थापकहरुको छाता संस्थाको रुपमा रहेको नेपाल व्यवस्थापन संघले यही माघ २४ गते ३९ औं राष्ट्रिय व्यवस्थापन सम्मेलन, बार्षिक साधारण सभा, राष्ट्रिय व्यवस्थापन पुरस्कार तथा सम्मान र एशियाली व्यवस्थापन संघद्धारा आयोजित एशियाली नेतृत्व पुरस्कानेपाल व्यवस्थापन संघले राष्ट्रिय व्यवस्थापन सम्मेलन,उत्कृष्ट व्यवस्थापक पुरस्कार वितरण एशियाली नेतृत्व सम्मान साँझ आयोजना गर्ने साँझ २०२० आयोजना गर्ने भएको छ ।
संघले मंगलबार राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा संघका प्रथमा उपसभापति बमबहादुर मिश्रले दिनुभएको जानकारी अनुसार यस बर्षको राष्ट्रिय व्यवस्थापन सम्मेलनको मुख्य नारा तथ्यांक परिचालित निर्णय प्रक्रिया(Data Driven Decision Making ) रहेको छ । व्यवसायिक शत्रको रुपमा रहने यस सम्मेलनमा चारवटा कार्यपत्रहरु प्रस्तुत गरिने छन र आवश्यक टिप्पणी र सदनको सुझाव सहित पारित गरेर यसको समापन हुनेछ । अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न हुने यो सम्मेलनमा विश्व र नेपालको व्यवस्थापन विकासको परिदृष्य २०१९(Management Development Scenario 2019 ) नामक एक अनुसन्धानात्मक कृतिको पनि विमोचन हुनेछ ।
नेपाल व्यवस्थापन संघका सभापति एवम् राष्ट्रिय योजना आयोगका माननीय सदस्य ई. सुशील भट्टको सभापतित्वमा संघको वार्षिक साधारण सभामा संघका महासचिव श्री मोहनराज ओझाले संघको बार्षिक प्रगति विवरण पेश गर्नुहुनेछ भने कोषाध्यक्ष दीलिपराज पौडेलले वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । साधारण सभाले आगामी बर्षको लागि नीति,कार्यक्रम र बजेटको तर्जुमा गर्नुको साथै लेखापरीक्षकको नियुक्ति पनि गर्नेछ ।
सम्मेलनको तेस्रो सत्रमा राष्ट्रिय व्यवस्थापन पुरस्कार तथा सम्मान कार्यक्रम रहने संघले जानकारी दिएको छ । संघले आफूमा निहित ज्ञान,सीप र अनुभवलाई उपयोग गर्दै संस्थाको सर्वोपरि हितमा कार्य गर्ने इमान्दार,कर्तव्यनिष्ट,उच्च नैतिक चरित्रयुक्त कुशल व्यवस्थापकहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले राष्ट्रिय व्यवस्थापन पुरस्कारले सम्मानित गर्ने परम्परा अन्तरगत Manager of the Year Award, Women Manger Recognition Award, Outstanding Management Award, Outstanding Civil Service Award वितरण गर्दै आएको छ । पुरस्कारको निमित्त निश्पक्ष ढंगबाट सद्पात्रको चयन गर्न संघले अलग्गै छनोट उपसमिति गठन गरेको थियो । सो उपसमितिले स्वतन्त्र ढंगले चयनको मापदण्ड तयार पारेर उपयुक्त व्यक्ति तथा संस्थाहरु चयन गरेको छ । पुरस्कृत हुनुहुने व्यक्ति तथा संस्थाहरुको नाम सोही दिन घोषणा गरिनेछ । सघको पुरस्कार तथा सम्मान शत्रको प्रमुख आतिथ्यता सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुहुने भएको छ ।
यस बर्षको साधारण सभाको अवसरमा सघले १९ औं कार्यकारी समितिको निर्वाचनको मतदान कार्यक्रम पनि राखेको छ । संघका उपसभापति मिश्रले निर्वाचनको कार्यतालिका अनुरुपका कामहरु भैरहेको जानकारी दिनुभएको छ ।
नेपाल व्यवस्थापन संघका कार्यकारी निर्देशक यादव प्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार नेपाल व्यवस्थापन संघको राष्ट्रिय व्यवस्थापन सम्मेलन,बार्षिक साधारण सभा र राष्ट्रिय व्यवस्थापन पुरस्कार तथा सम्मान कार्यक्रमको अवसरमा एशियाका राष्ट्रिय व्यवस्थापन संघहरुको छाता संगठनको रुपमा रहेको एशियाली व्यवस्थापन संघ (Association of Asian Management Organizations, AAMO) ले AAMO एशियाली नेतृत्व पुरस्कार साँझ (Asian Leadership Award Night 2020) को आयोजना गरी नेपालसहित यस क्षेत्रको आर्थिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु हुने विशिष्ट व्यक्तित्वहरुलाई सम्मानित गर्दैछ । नेपाल व्यवस्थापन संघ एशियाली व्यवस्थापन संघको एक सक्रिय सदस्यको रुपमा रहेको छ ।
नेपालका व्यवस्थापकहरुलाई संगठित गर्ने, उनीहरुको सामूहिक हित रक्षाको लागि आवश्यक नीति र नियमहरु बनाउने, व्यवस्थापकहरुको वृत्ति विकासका अवसरहरु सिर्जना गर्ने, विश्वमा प्रतिपादित व्यववस्थापनका नवीन सिद्धान्त, ज्ञान, सीप र अभ्यासहरुलाई अबलम्बन गर्दै संस्थाहरुमा सुव्यवस्थापनका माध्यमबाट सुशासन कायम गर्दै देशको आर्थिक तथा सामाजिक विकासलाई सघाउने उद्देश्यले २०३७ सालमा नेपाल व्यवस्थापन संघको स्थापना भएको हो ।
संघका महासचिव मोहनराज ओझाका अनुसार स्थापनाको ३९ बर्षको अवधिमा यो संघले राष्ट्रिय स्तरमा सरकारको नीति निर्माणका विभिन्न तहमो सल्लाहकारको भूमिका पनि प्राप्त गरेको छ भने अन्तर्राष्ट्रिय स्तरमा यसले विभिन्न ११ राष्ट्रका राष्ट्रिय व्यवस्थापन संघ तथा विभिन्न क्षेत्रीय व्यवस्थापन संघको सदस्यता प्राप्त गरी कार्यगत सम्बन्ध स्थापित गरेको छ ।
नेपालमा व्यवस्थापनको क्षेत्रमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै एक समुन्नत राष्ट्रमा रुपान्तरण गर्नका लागि संघले आफ्नो भगिनी संस्थाको रुपमा व्यवस्थापन विकास केन्द्रको स्थापना गरेको छ । यसले अध्ययन,अनुसन्धान र परामर्शदाताको समेत काम गरेर संस्थाहरुको सुधार र आर्थिक सामाजिक विकासका प्रयासहरुलाई उपलब्धिमूलक बनाउन सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । त्यस्तै व्यवस्थापनको क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले संघले व्यवस्थापन विकास क्याम्पस पनि सञ्चालन गर्दै आएको छ । इएमबीए स्तरको अध्यापनमार्फत दक्ष जनशक्ति उत्पादन गरेर नेपालको सार्वजनिक र निजी क्षेत्रलाई योग्य व्यवस्थापकहरु आपूर्ति गर्न यसले सघाइरहेको छ । यसबाहेक संघले आवश्यकता र मागमा आधारित भएर विभिन्न किसिमका अल्पकालीन र मध्यकालीन तालिमहरु पनि सञ्चालन गर्दै आइरहेको छ ।
संघले नीति निर्माण र कार्यान्वयनमा सघाउने अभिप्रायले स्थापना कालदेखि नै बार्षिक नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा आम जनता र सरोकारवाला निकायका बीचमा संवाद गरी उपयुक्त सुझाव दिने उद्देश्यले पूर्व बजेट गोष्ठी र बजेट समीक्षा गोष्ठी गर्दै आएको छ । त्यसैगरी निजी क्षेत्र र आम नागरिकको जीवनमा असर गर्ने मौद्रिक नीतिका सम्बन्धमा पनि गोष्ठीहरु गर्दै आएको छ ।


















