Prakash Adhikari February 4, 2020

काठमाडौं, २१ माघ । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुभएको छ । उहाँले वैदेशिक रोजगारीका क्रममा विदेशमा जीवन गुमाउन पर्ने अवस्थासम्बन्धीप्रस्ताव दर्ता गर्नुभएको हो ।

सो प्रस्तावका समर्थकमा सांसद सञ्जयकुमार गौतम र रामबहादुर बिष्ट रहनुभएको छ।

उहाँले प्रस्तावमा  ‘विगत एक दशक भित्र सात हजार ३ सय ९० जना नेपाली युवाले आफ्नो प्राण विदेशमा त्याग्नु परेकोे कुरा उल्लेख गर्नुभएको छ ।

उहाँले विदेशमा रोजगारीकै क्रममा हुने अकाल मृत्युवरण न्यूनिकरणका लागि राज्य पक्षबाट भएका सघन पहलहरूका सम्बन्धमा सम्मानित सदनमा जानकारी दिन पनि माग गर्नुभएको छ ।

वैदेशिक रोजगार ऐन २०६४ को पूर्वस्वीकृति तथा कामदार छनौट प्रक्रियामा भएको व्यवस्था विपरीत नेपाली कामदार पठाउँदा पनि संकट सिर्जना हुने गरेको कुरा पनि प्रस्तावमा समेटिएको छ।

Share Now

Leave a comment.