Prakash Adhikari February 5, 2020

 

कीर्तिपुर(काठमाडौं),२२ माघ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आईसीसी)को विश्वकप लिग २ अन्तरगत नेपाल ओमान र संयुक्त राज्य अमेरिकाको त्रिकोणात्मक क्रिकेट श्रृखला आजदेखि नेपालमा सुरु हुँदैछ ।

आयोजना गरिएको यो प्रतियोगिता चारवर्षका लागि एक दिवसीय मान्यता पाएपछि घरेलु मैदानमा हुन लागेको पहिलो एक दिवसीय श्रृखला हो ।

आईसीसी विश्वकप लिग २ का लागि नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक श्रृखला कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान(त्रिभुवन विश्वविद्यालयको खेल मैदान)मा  हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र ओमानबीचको खेल विहान १० बजेदेखि शुरुहुने छ ।

नेपालले यसअघि विदेशी भूमिमा ६ वटा एक दिवसीय क्रिकेट प्रतियोगिता खेले पनि नेपालमा भने खेलेको थिएन ।

क्रिकेट विश्वकप लिग २ आईसीसीले पहिलो पटक आयोजना गरिरहेको छ । सन् २०१९ देखि २०२२ सम्म चल्ने यो प्रतियोेगितालाई सन २०२३ मा हुने विश्वकप क्रिकेटको छनोटको अंगको रुपमा आईसीसीले आयोजना गरिरहेको छ । सन २०१९ को अगष्टबाट सुरुभएको यो प्रतियोगिता सन २०२२ को जनवरीसम्म चल्नेछ ।
यस प्रतियोगिताका सबै खेलहरु एक दिवसीय अन्तर्राष्ट्रिय खेलको मान्यता अनुरुप त्रिकोणात्मक श्रृखलामा खेलिने छन् । नेपाल स्कट ल्याण्ड र युनाइटेड अरब इमिरेट्स आईसीसी वल्ड क्रिकेट लिग डिभिजन २ को खेलको शीर्षबाट छानिएका छन् । त्यस्तै प्लेअफमा पुगेका नामिबिया,ओमान,संयुक्त राज्य अमेरिका र पपुवा न्यु गिनी पनि सन २०२२ को वल्र्ड कप क्वालिफायर खेलमा सहभागी हुन पाएका छन् । यो छनोट अन्तरगतको पहिलो खेल अगष्ट २०१९ मा स्कटल्याण्डको अबरदीनबाट सुरु भएको हो ।

यसका अलवा क्रिकेट विश्वकप लिग २ मा शीर्षमा रहने टीम क्रिकेट विश्वकप सुपर लिगमा स्तरोन्नति हुने संभावना पनि छ । २०२० देखि २०२२ को आईसीसी क्रिकेट सुपर लिगमा शीर्ष १२ टीमहरु स्वत रहनेछन भने तेह्रो टिमको लागि क्रिकेट विश्वकप  लिग २ (२०१९ देखि २०२२) र क्रिकेट विश्वकप सुपर लिग(२०२० देखि २०२२) मध्ये जो वरियतामा माथि रहन्छ उही छानिने छ ।

यसर्थ घरेलु मैदानमा हुन लागेको यो खेल नेपालको लागि महत्वपूर्ण छ ।
Nepal vs Oman
February 5, 2020
Oman vs USA
February 6, 2020
Nepal vs USA
February 8, 2020
Nepal vs Oman
February 9, 2020
Oman vs USA
February 11, 2020
Nepal vs USA
February 12, 2020

यही माघ २९ गतेसम्म चल्ने खेलमा नेपाल, ओमान र संयुक्त राज्य अमेरिकाबीच ६ खेल हुनेछन् । हरेक टोलीले दुई–दुई खेल खेल्नेछन् । नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ खेल्नेछ । त्यसैगरी नेपाले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ खेल्नेछ ।

आईसीसी विश्वकप लिग २ मा नेपालको लक्ष्य शीर्ष दुईमा पुग्ने रहेको छ । आफ्नो घरेलु मैदानमा हुने खेलमा नेपाली खेलाडीहरु उच्च मनोबलको साथ खेल्ने दाबी नेपाली टीमका कप्तान ज्ञानेन्द्र मल्लले गर्नुभएको छ ।

नेपालले कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, कुशल मल्ल, अभिनास बोहरा, ललित नारायण राजवंशी, कमलसिंह ऐरी, शरद भेषावकर र सन्दीप लामिछाने, रोहित कुमार पौडेल, सुशन भारीलाई मैदानमा उतार्दै छ ।

विश्वकप लिग २ का नेपालसहित स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएई), नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका मध्ये नेपालबाहेक अन्य राष्ट्रहरुले आफ्नो पहिलो खेल खेलिसकेका छन् ।

अहिलेसम्म अङ्क तालिकामा अमेरिका शीर्ष स्थानमा छ । आठ खेल खेलेको अमेरिकाले ६ खेलमा जीत निकाल्दै १२ अङ्क हात पारेको छ । त्यस्तै स्कटल्यान्ड ९ अङ्क जोड्दै दोस्रो स्थानमा छ भने ८ अङ्क जोडेको नामिबिया तेस्रो स्थानमा छ ।

समान ८ अङ्क नै जोडेको ओमन अङ्क तालिकाको चौथो स्थानमा छ भने ७ अङ्क रहेको युएई पाँचौ र अङ्कविहीन रहेको पपुवा न्युगिनी छैठौं स्थानमा छ । नेपालले भने पहिलो खेल खेल्न लागेको हो ।

Share Now

Leave a comment.