Prakash Adhikari February 7, 2020

 

कीर्तिपुर(काठमाडौं), २३ माघ । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा भैरहेको अमेरिका, ओमान र नेपालबीचको त्रिकोणात्मक श्रृखला अन्तरगत बिहिबार सम्पन्न खेलमा ओमानको लगातार दोस्रो जित निकालेको छ ।

बुधबार नेपाललाई १८ रनले पराजित गरेको ओमानले बिहिबार संयुक्त राज्य अमेरिकाको टोलीलाई ६ विकेटले पराजित गरेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा अमेरिकाले पहिले ब्याटिड. गर्दै २ सय १३ रन जोडेको थियो । २ सय १४ रनको लक्ष्य पछ्याएको ओमानले ४ विकेट गुमाएर ४९.३ ओभरमा लक्ष्य पूरा गरेको थियो ।

ओमानका लागि अकिब इलियसले सर्वाधिक ७२ रन बनाएका थिए ।यसैगरी मोहम्द नदीमले नट आउट ५५ रन बनाउँदा खवर अलि ३१ रनमा आउट भए । यसैगरी नेपाली मुलका ओमानका खेलाडी सुरज कुमारले पनि ३० रनको अविजित पारि खेले ।

पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा सवै विकेट गुमाएर २१३ रन बनाएको थियो । अमेरिकाका लागि इयन होल्याण्डले ६५ रन तथा अक्ष होमराजले ४४ रन बनाएका थिए ।यस्तै मोनाक पटेलले १९ रन बनाए ।

अमेरिकालाई रोक्ने क्रममा ओमानका मोहम्मद नदीमले सर्वाधिक ३ विकेट लिएका थिए ।

प्रतियोगिता अन्तर्ग शुक्रबार कुनै पनि खेल हुने छैन । शनिबार नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ ।

Share Now

Leave a comment.