काठमाडौं, ३ माघ । राधी बिद्युत कम्पनी लिमिटेडले निष्काशन गरेको साधारण शेयरको बाँडफाँड सम्पन्न भएको छ। सेयर निष्काशन तथा बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिंङ लिमिटेडले बुधबार बिहान ९ बजे नारायणचौर नक्सालस्थित कम्पनीको कार्यालयमा आईपिओ बाँडफांड गरेको हो ।
स्थानीयलाई आइपीओ जारि गर्दा नबिकेको १ लाख ४९ हजार ५५० कित्ता सेयर समेत थप गरि कम्पनीले १५ प्रतिशतले हुन आउने ७ लाख ६४ हजार कित्ता आइपीओ जारी गरेको थियो।
आईपिओमा कुल १ लाख ६६ हजार ३ सय १७ आवेदन परेकोमा १ हजार ३ सय २७ आवेदन रद्द भएका छन् । १ लाख ६४ हजार ९ सय ९० योग्य आवेदक मध्ये गोलाप्रथाबाट ७१ हजार १ सय २ जनाले १० कित्ता र एकजनाले ११ कित्ता शेयर पाएका छन् ।
कम्पनीले पुस ३ गते देखि ७ करोड ६४ लाख रुपैयाँ बराबरको ७ लाख ६४ हजार ५ सय ५० कित्ता साधारण सेयर बिक्रि खुला गरेको थियो ।
जसमा २ प्रतिशत अर्थात् १५ हजर २ सय ९१ कित्ता कमार्चारीको लागि र ५ प्रतिशत अर्थात् ३८ हजार २ सय २८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो । बाँकि रहेको ७ लाख ११ हजार ३१ कित्ता शेयर सर्वसाधारणको लागि छुट्याइएको थियो ।
राधीको अधिकृत पुंजी १ अर्ब ५० करोड छ। कम्पनीको जारि पुंजी ४१ करोड छ। जारी पुँजी मध्ये ३० करोड ७५ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ।
सर्वसाधारणमा आइपीओ निष्काशन पश्चात कम्पनीको सेयर संरचना संस्थापक तर्फ ७५ प्रतिशत, आयोजना प्रभावित १० प्रतिशत र साधारण तर्फ १५ प्रतिशत रहेनछ।
राधि बिद्युत कम्पनीले ४दशमलव ४ मेगावाटको राधि साना जलविद्युत परियोजना संचालन गरिरहेको छ। यस परियोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ।