काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ११ जना नेतलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गर्नु भएको छ ।
२०७४ सालमा नेपाली कांग्रेस र तात्कालीन नेपाल लोकतान्त्रिक फोरम एकीकरण हुँदा भएको समझदारी र फोरमका सांगठनि संरचना समायोजन गर्नका लागि भएको सहमति अनुसार फोरमका ११ जना सदस्यलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा समायोजन गर्ने गरी निर्णय पहिल्यै भैसकेको थियो ।
नेपाली कांग्रेस सभापति देउवाले तात्कालीन लोकतान्त्रिक फोरमका रामजनम चौधरी (कैलाली), मो. नसिर सिद्धिकी (सिराहा), भारतेन्दुकुमार मल्लिक (झापा), हेमराज तातेड (सप्तरी), डा. गोपाल दहित(बर्दिया), मंगलप्रसाद थारु (बर्दिया), योगेन्द्र चौधरी (दाङ्ग), हरिप्रसाद न्यौपाने (मोरङ्ग),सुमित्रा थरुनी (सुनसरी), कल्पना चौधरी (सुनसरी) र पवनकुमार सारडा (मोरङ्ग) हुनुहुन्छ ।
नेपाली कांग्रेसले तत्कालीन नेपाल लोकतान्त्रिक फोरम लगायत अन्य राजनीतिक दलको सांगठनिक संरचना समायोजनका लागि पार्टीद्वारा गठित समायोजन समितिको बैठकको निर्णयबाट यस सम्बन्धमा सिफारिस गरिएको जनाएको छ ।