Prakash Adhikari March 31, 2020

 

काठमाडौं, १८ चैत्र । सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई कोरोना संक्रमितको उपचार व्यवस्था मिलाउन आदेश दिएको छ ।

अदालतले मंगलबार जारी गरेको आदेशमा कुनैपनि बहानामा कोरोना भाइरस संक्रमणको उपचार गर्नबाट पन्छिने छुट निजी अस्पताललाई नरहेको भन्दै उपचार गर्ने व्यवस्था मिलाउन आदेश दिएको हो ।

अधिवक्ता पुष्पराज पौडेल लगायतले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासले यस्तो आदेश दिएको हो ।
अदालते सबै निजी स्वास्थ्य संस्थाले कोरोना संक्रमणको उपचार गर्ने व्यवस्था मिलाउन आदेश दिएको छ ।

आदेशमा भनिएको छ, ‘निजी स्वास्थ्य संस्थामा उपलब्ध बेड, आईसीयू कक्ष, भेन्टिलेटरलगायतका कोरोना भाइरसको उपचारको लागि आवश्यक पर्ने सेवा लिन आवश्यक व्यवस्था मिलाउनु र स्वास्थ्य सेवामा संलग्न चिकित्सक,परिचारिका,एम्बुलेन्स चालकलगायतको सुरक्षाको यथोचित प्रवन्ध मिलाउनू ।’

Share Now

Leave a comment.