काठमाडौं,२० चैत्र । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण चैते हुरीमा जंगलमा लागेको डँडेलो जसरी फैलिदै गएको छ ।
यसको संक्रमणबाट हालसम्म ४७ हजार १ सय ९२ जनाले जीवन गुमाएका छन भने ९ लाख ३५ हजार १ सय ९७ जना यस घातक रोगको संक्रमणमा परेका छन् । यी संक्रमितमध्ये ३५ हजार ४ सय ७८ अत्यन्तै गम्भीर अवस्थामा पुगेका छन् भने ६ लाख ५८ हजार ५ सय ३८ मध्यम तहको संक्रमणमा छन् । संक्रमणमा परेकामध्ये १ लाख ९३ हजा ९ सय ८९ जना निको भएका छन् ।
कोरोना भाइरसको संक्रमण अहिले सबैभन्दा तीव्रदरमा विश्व शक्ति राष्ट्र संयुक्त राज्य अमेरिकामा फैलिएको छ । बुधबार विश्वमा कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुने राष्ट्रमा अमेरिकाले सबैलाई उछिनेको छ । बुधबार अमेरिकामा कोरोनाको कारण १ हजार ४९ जनाले जीवन गुमाए । यससंगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार १ सय २ जना पुगेको छ ।
त्यहाँ बुधबार एकै दिन २६ हजार ४ सय ७३ जना नयाँ संक्रमित थपिए । यो संगै अमेरिकामा कुल संक्रमितको संख्या २ लाख १५ हजार ३ पुगेको छ । विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशमा पनि अमेरिका शीर्षमा रहेको छ ।
कोरोना भाइरसको संक्रमणबाट बुधबार अमेरिकापछि सबैभन्दा बढी ज्यान गुमाउने विरामीको संख्या स्पेनमा देखियो । स्पेनमा एकै दिन ९ सय २३ जनाले ज्यान गुमाए । बुधबारको तथ्यांकसहित स्पेनमा कोरोना भाइरसबाट जीवन गुमाउनेको संख्या ९ हजार ३ सय ८७ पुगेको छ । स्पेन कोरोना भाइरसको संक्रमणबाट जीवन गुमाउने मुुलुकको सूचीमा इटालीपछिको दोस्रो स्थानमा रहेको छ ।
स्पेनमा बुधबार एकै दिन ८ हजार १ सय ९५ नयाँ संक्रमित थपिएका छन् । योसंगै स्पेनमा कोरोना भाइरसबाट १ लाख ४ हजार १ सय ८१ जना संक्रमित भएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट हालसम्म सबैभन्दा बढी ज्यान गुमाउने विश्व सूचीमा शीर्षमा रहेको इटालीमा बुधबार ७ सय २७ जनाले ज्यान गुमाए । बुधबारको तथ्यांकसहित इटालीमा कोरोना भाइरसबाट जीवन गुमाउनेको संख्या १३ हजार १ सय ५५ पुगेको छ । इटाली कोरोना भाइरसको संक्रमणबाट जीवन गुमाउने मुुलुकको सूचीमा सबैभन्दामाथि रहेको छ ।
इटालीमा बुधबार एकै दिन ४ हजार ७ सय ८२ नयाँ संक्रमित थपिएका छन् । योसंगै इटालीमा कोरोना भाइरसबाट १ लाख १० हजार ५ सय ७४ जना संक्रमित भएका छन् ।
कोरोना भाइरसको उद्गम स्थल मानिएको चीन अहिले कोरोना फैलावटको स्तर न्युन तहमा आएको छ तर रोकिएको छैन् । बुधबारको नयाँ संक्रमण र मृतको संख्या अभिलिखित भएको छैन भने हालसम्म कोरोना भाइरसको संक्रमणबाट चीनमा ३ हजार ३ सय १२ जनाले जीवन गुमाएका छन् । मुुलुकको सूचीमा इटालीपछिको दोस्रो स्थानमा रहेको छ । चीनमा हालसम्म ८१ हजार ५ सय ५४ जनाले संक्रमित भएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट एकै दिन बढी विरामीको मृत्यु हुने मुलुकको सूचीमा बुधबार चौथो स्थानमा बेलायत देखिएको छ । बेलायतमा बुधबार ५ सय ६३ जनाले जीवन गुमाएका छन् । बेलायतमा यो संगै कोरोनाबाट मृत्युवरण गर्नेको संख्या २ हजार ३ सय ५२ पुगेको छ ।
बेलायतमा एकै दिन ४ हजार ३ सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसंगै बेलायतमा कोरोना भाइरसको संक्रमणमा पर्ने बिरामीको संख्या २९ हजार ४ सय ७४ पुगेको छ ।
फ्रान्समा बुधबार ५ सय ९ जनाले ज्यान गुमाए । बुधबारको तथ्यांकसहित कोरोना भाइरसबाट जीवन गुमाउनेको संख्या फ्रान्समा ४ हजार ३२ पुगेको छ । फ्रान्समा बुधबार एकै दिन ४ हजार ८ सय ६१ नयाँ संक्रमित थपिएका छन् । योसंगै फ्रान्समा कोरोना भाइरसबाट ५६ हजार ९ सय ८९ जना संक्रमित भएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट बुधबार जर्मनीमा एकै दिन १ सय ५६ जनाले ज्यान गुमाए । बुधबारको तथ्यांकसहित जर्मनीमा कोरोना भाइरसबाट जीवन गुमाउनेको संख्या ९ सय ३१ पुगेको छ । जर्मनीमा बुधबार एकै दिन ६ हजार १ सय ७३ नयाँ संक्रमित थपिएका छन् । योसंगै जर्मनीमा कोरोना भाइरसबाट ७७ हजार ९ सय ८१ जना संक्रमित भएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट बुधबार इरानमा एकै दिन १ सय ३८ जनाले ज्यान गुमाएका छन् । बुधबारको तथ्यांकसहित इरानमा कोरोना भाइरसबाट जीवन गुमाउनेको संख्या ३ हजार ३६ पुगेको छ । इरानमा बुधबार एकै दिन २ हजार ९ सय ८८ नयाँ संक्रमित थपिएका छन् । योसंगै इरानमा कोरोना भाइरसबाट ४७ हजार ५ सय ९३ जना संक्रमित भएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट बुधबार नेदरल्याण्ड्समा एकै दिन १ सय ३४ जनाले ज्यान गुमाए । बुधबारको तथ्यांकसहित नेदरल्याण्ड्समा कोरोना भाइरसबाट जीवन गुमाउनेको संख्या १ हजार १ सय ७३ पुगेको छ । नेदरल्याण्ड्समा बुधबार एकै दिन १ हजार १ सय १९ नयाँ संक्रमित थपिएका छन् । योसंगै नेदरल्याण्ड्समा कोरोना भाइरसबाट १३ हजार ६ सय १४ जना संक्रमित भएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट बुधबार बेल्जियममा एकै दिन १ सय २३ जनाले ज्यान गुमाए । बुधबारको तथ्यांकसहित बेल्जियममा कोरोना भाइरसबाट जीवन गुमाउनेको संख्या ८ सय २८ पुगेको छ । बेल्जियममा बुधबार एकै दिन १ हजार १ सय ८९ नयाँ संक्रमित थपिएका छन् । योसंगै बेल्जियमा कोरोना भाइरसबाट १३ हजार ९ सय ६४ जना संक्रमित भएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट बुधबार टर्कीमा एकै दिन ६३ जनाले ज्यान गुमाए । बुधबारको तथ्यांकसहित टर्कीमा कोरोना भाइरसबाट जीवन गुमाउनेको संख्या २ सय ७७ पुगेको छ । टर्कीमा बुधबार एकै दिन २ हजार १ सय ४८ नयाँ संक्रमित थपिएका छन् । योसंगै टर्कीमा कोरोना भाइरसबाट १६ हजार ६ सय ७९ जना संक्रमित भएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट बुधबार स्वीजरल्याण्डमा एकै दिन ५५ जनाले ज्यान गुमाए । बुधबारको तथ्यांकसहित स्वीजरल्याण्डमा कोरोना भाइरसबाट जीवन गुमाउनेको संख्या ४ सय ८८ पुगेको छ । स्वीजरल्याण्डमा बुधबार एकै दिन १ हजार १ सय ६३ नयाँ संक्रमित थपिएका छन् । योसंगै स्वीजरल्याण्डमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १७ हजार ७ सय ६८ पुगेकोछ ।
नेपाललाई तीनतिरबाट घेरेको र खुला सीमानाले जोडिएको मित्र राष्ट्र भारतमा बुधबार एकैदिन कोरोना भाइरसको संक्रमणबाट २३ जनाको ज्यान गएको छ । यो संगै कोरोनाबाट जीवन गुमाउने भारतीयको संख्या ५८ पुगेको छ । भारतमा बुधबार ६ सय १ जनामा कोरोनाको संक्रमण देखिएको छ भने कोरोना भाइरसको संक्रमणमा परेकाहरुको कूल संख्या १ हजार ९ सय ९८ पुगेको छ ।
नेपालमा हालसम्म कोरोनाबाट कसैको मृत्यु भएको पुष्टि हुन सकेको छैन । हालसम्म यो भाइरसको संक्रमण ५ जनामा पाइएको छ ।त्यसमध्ये एक जना निको भएर फर्किसकेका छन् ।